५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको बिहारमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, ३० भन्दा बढी घाइते



अ+ अ-

काठमाडौं । भारत बिहारको समस्तीपुरमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । दुर्घटनामा परि कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।

शनिबार राति ना ७ ख ६४४६ नम्बरको बसलाई पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

भारतीय सञ्चार माध्यमले दुर्घटनामा परी तीन दर्जन यात्री घाइते भएको उल्लेख गरेको छ । उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

घाइतेहरुमध्ये एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा उपचार भइरहेको छ ।

बसलाई ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।