लन्डन । युरोपेली च्याम्पियन्स लिगको समूह ‘एफ’ मा बुधबार बोरुसिया डर्टमुन्डले लाजियोलाई १–१ को बराबरीमा रोकेर नकआउट चरणको यात्रा निश्चित गरेको छ ।
डर्टमुन्डको १० अंक भएको छ भने लाजियो नौ अंकसहित दोस्रो स्थानमा छ । समूह चरणमा एक चरणको खेल बाँकी छँदै डर्टमुन्डले यो उपलब्धि हात पारेको हो ।
त्यस्तै अर्को खेलमा क्लब ब्रुगले जेनिथ सेन्ट पिटर्सबर्गलाई ३–० ले पराजित गरेको छ । जितसंगै ब्रुगको सात अंक भएको छ ।