१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

युवा सचेत नहुँदासम्म देश बन्दैन – प्रधानमन्त्री

युवा सचेत नहुँदासम्म देश बन्दैन – प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा सचेत नहुँदासम्म देश नबन्ने बताउनुभएको छ ।

शनिबार काठमाडौं यूथ कन्क्लेभ २०२४ मा सहभागीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म चिताए जसरी देश अघि बढाउन नसकिने बनाउनुभयो । ‘किन भने युवा नै देशका सम्पूर्ण शक्ति हुन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

युवालाई अघि बढाउन राम्रो शिक्षा र अवसर प्रदान गर्नुपर्नेमा ओलीले जोड दिनुभयो । त्यसका लागि युवालाई रोजगारीमा जोड्नु पर्ने भएकाले सरकारले स्टाटपको कार्यक्रम सुरु गरेको उहाँले स्पष्ट पार्नुभयो । स्टाटपको लागि लोन दिन सरकारले यस वर्ष एक अर्ब रुपैँया छुट्याएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो । उहाँले राम्रो योजना बनाएर स्टाटपमा सहभागी हुन युवालाई आग्रह गर्नुभयो ।

यस वर्ष १० हजार बढी स्टाटप सुरु गर्ने योजना सरकारले बनाएको ओलीले बताउनुभयो । कृषि र सान उद्योगबाट व्यावसायिक काम सुरु गर्न ओलीले आग्रह गर्नुभयो । ‘मेरो ध्यान युवा उत्थान, युवा विकास, युवा शक्तिकरणमा रहेको छ, त्यसबाट मात्रै देश अगाडि बढाउन सकिन्छ, यी सबै प्रयास त्यसका लागि हुन्’, ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूहरू राजनीतिमा धेरै दुःख गरेर राजनीतिमा आएको बताउँदै अहिले त्यस्तो अवस्था नरहेको बताउनुभयो । आफू कुनै कूल घरानाको मान्छे भएर वा कसैले डोर्‍याएर राजनीतिमा आएको मान्छे नभएको ओलीले युवाहरूलाई स्पष्ट पार्नुभयो । आफ्नै संघर्षबाट आफू राजनीतिमा आएको ओलीले बताउनुभयो ।

आफ्नो राजनीति यात्राले हरेक नेपालीमा आत्मविश्वास र आत्मबल बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । आफूहरू जेल, नेल र चुटाइ खाएर, भूमिगत जीवन बिताएर अहिलेको अवस्थामा आएको ओलीले सुनाउनुभयो । ‘म १८ वर्षको उमेरमा जेल परेको थिएँ, म अन्यायपूर्ण तरिकाले थुनिएको थिएँ लोकतन्त्रको निमित्त लड्दा’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिले समाजमा आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति बढेको बताउनुभयो । यसबाट जघन्य अपराधीक घटना बढ्दै गएका गएका ओलीको भनाइ छ । मानिसले सामाजिक मूल्य, मान्यता, थिति, विधि मिच्नु नहुनेमा ओलीले जोड दिनुभयो । बलात्कार मानव जातीकै निम्ति कलङ्क भएकोले त्यसलाई रोक्नु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

ओलीले लैङ्गिक अधिकार र सामाजिक समानता हुनुपर्ने बताउनुभयो । ‘सबैले अधिकार प्राप्त गर्नुपर्दछ, सबैका अधिकार हुनुपर्दछ, तर समलिङ्गीका बिचमा विवाह गर्ने जस्तो कुरा म बुझ्दिन, के भनेको हो त्यो भन्ने कुरा, कतिपय कुरा मैले बुझेका कुरा हुन सक्दछन्, संसारमा मैले सबै बुझेकै हुन्छु भन्ने छैन, सबैको अधिकारको पक्षमा के गर्नुपर्छ र समयानुकूल के गर्नुपर्छ त्यस सम्बन्धमा व्यवहारिक रूपमा कसरी सम्बोधन गर्न सकिन्छ, त्यस सम्बन्धमा सरकारले निर्णय गर्छ र न्याय दिन्छ ’, उहाँले भन्नुभयो ।

देश बाहिर रहेका युवाहरूको अलिकति अनुकूल परिस्थिति हुने हो भने देश नै फर्कन्थे भन्ने मनस्थिति रहेको ओलीले बताउनुभयो । नेपाल जस्तो राम्रो देश अन्त पाउन गाह्रो रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘विदेशमा बस्ने नेपालीहरू पनि नेपाल फर्कन चाहन्छन्, त्यसका लागि सरकारले अनुकूल वातावरण बनाउनु पर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले त्यसैको लागि सरकारले काम गरिरहेको बताउँदै सरकारको भर पर्न आग्रह गर्नुभयो । ‘अहिलेको सरकारसँग आस पनि गर्नु, भर पनि पर्नु, भर पर्नुपर्छ अहिलेको सरकार प्रति, किनभने केही काम गर्नका लागि बनेको छ, म यो उमेरमा घस्रिन पर्ने केही आवश्यकता थिएन, तर देशमा केही परिवर्तन ल्याएरै छाड्ने भनेर लागेको छु’, उहाँले भन्नुभयो ।

देश र जनताको लागि निर्बाध रूपमा सत्य कुरा बोल्नु नै वाकस्वतन्त्रता भएको ओलीले बताउनुभयो । वाकस्वतन्त्रताको नाममा हेर्न र सुन्न नसकिने कुरा व्यक्त गरेर राष्ट्रले केही प्राप्त नगर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

कसैको चरित्र हत्या गर्ने गरी जथाभाबी बोलेर समाजलाई सही दिशामा लैजान नसकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफ्नै अगुवाइमा देशमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, रक्षा मन्त्री तथा मुख्य सचिव बनाएको बताउँदै ओलीले महिला प्रधानमन्त्री पनि बनाउने इच्छा भएको बताउनुभयो । तर त्यसको लागि समय लाग्ने ओलीले बताउनुभयो । अहिले पनि अहिले पनि हरेक डेलिगेसनमा एक जना महिला अनिवार्य सहभागी गराउनु पर्ने नियम आफूले बनाएको उहाँले स्मरण गराउनुभयो ।

महिलाको मनोबल उठाउन र आत्मविश्वास बढाउन आफूले योगदान गरेको ओलीले बताउनुभयो । आजको भोलि नै महिला प्रधानमन्त्री बनाउन नसकिए पनि नेपालमा महिला प्रधानमन्त्री बन्ने उहाँले दाबी गर्नुभयो । ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, उहाँले भन्नुभयो ।