२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समितिको बैठक आज, दुवै महामन्त्रीका प्रस्ताव अस्वीकार गर्ने तयारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवदेनमाथि छलफल हुने छ ।

गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्रीहरुका प्रतिवेदनलाई लिएर विवाद छ ।

महामन्त्री गगन थापाले २०८२ साल मंसिरभित्रै पार्टीको १५ औं महाधिवेशन गर्ने गरी अहिले नै मिति तोक्ने, आगामी चुनावमा गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् । तर यो प्रस्ताव सभापति शेरबहादुर देउवा समूहलाई मान्य छैन ।

त्यसैगरी अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेताहरुको बहिर्गमनको बाटो पहिल्याएका छन् । उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी एउटै व्यक्ति बन्न नपाउने व्यवस्थासहितको प्रतिवेदन ल्याएका छन् । यो प्रतिवेदन पारित भए सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न रोक्ने छ । यसले पनि प्रतिवेदन परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने बुझाइ देउवा समूहको छ ।

तर दुवै महामन्त्री आफ्नो प्रतिवेदन जस्ताको तस्तै पारित गर्नुपर्ने पक्षमा छन् । उनीहरु परिमार्जन गर्न नहुने भन्दै लबिइङ बढाइरहेका छन् ।

यसअघिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरुले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ ।