• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भनेपछि मेटमणीलाई ३ दिने स्पष्टीकरण ★   पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ ★   क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल ★   रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ ★   प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना ★   ‘पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजन बढाइने’ ★   राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छः प्रधानमन्त्री ★   ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित ★   सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्छु: प्रश्तावित राजदुत भट्टराई ★   स्थानीय तह नै समुन्नत नेपालको जग हो: उपसभापति गुरुङ

शेयर बजारलाई परिपक्व,अनुशाशित र दिगो ढङ्गले विकसित गर्ने सरकारको दृष्टिकोण छः अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले पुँजीबजारमा एक जनाको मात्रै एकाधिकार रहन नदिने बताउनुभएको छ ।

धितोपत्र सम्बन्धि पहिलो संशोधन विधेयक, २०८१ का विषयमा संसदमा जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । अर्थमन्त्री पौडेलले पुँजीबजारमा ६४ लाख बढीले डिम्याट खाता र दोस्रो बजारमा २२ लाख बढी लगानीकर्ताले धितोपत्रको कारोबार गर्ने गरेको भन्दै एक जनाको एकाधिकार रहने अवस्था नभएको स्पष्ट पार्नुभयो । उहाँले यदि एक वा कुनै समूहको एकाधिकार भएपनि सरकारले त्यस्तो गर्न नदिने धारणा राख्नुभयो ।

उहाँले  शेयर बजारमा नक्कली कारोबार हुन नदिने बताउनु भयो । अर्थमन्त्री पौडेलले सरकारले शेयर बजारलाई परिपक्व,अनुशासित र दिगो ढङ्गले विकसित गर्ने दृष्टिकोणका साथ काम गरिरहेको बताउनु भयो । उहाँले शेयर बजारमा कुनैपनि प्रकारका अवाञ्छित क्रियाकलाप,कर्नर र इन्साइडर टे«डिङ हुन नदिने र विभिन्न प्रकारका सामाजिक सञ्जालमा गु्रपहरु बनाएर शेयर लगानीकर्तालाई भ्रम पार्न नदिने विषयमा सरकारले ध्यान दिएको उल्लेख गर्नुभयो । अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिस समितिले सिफारिस गरे बमोजिम नियुक्ति हुने कानूनी व्यवस्था भएको भन्दै कुनैपनि पार्टी वा पार्टीको नेताले चाहेर व्यक्ति अक्ष्यक्ष हुन नसक्ने बताउनु भयो । उहाँले बोर्डको अध्यक्ष नियुक्ति सरकारले नेपाल धितोपत्र बोर्ड ऐन दफा ७ को कानूनी प्रक्रिया र विधि बमोजिम अध्यक्ष नियुक्ति हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल धितोपत्र बोर्ड सम्बन्धि ऐन दफा ७ को कानूनी प्रक्रिया र विधि बमोजिम अध्यक्ष नियुक्ति हुन्छ । यसमा कसैले प्रभाव पर्ने भन्ने विषय रहँदैन । मिडियामा प्रकाशित समाचारका आधारमा धारणा बनाउन आवश्यक छैन । पुँजीबजारमा डिम्याट खाता ६४ लाख बढीले खोलेका छन् । दोस्रो बजारमा धितोपत्रको कारोबार खाता सञ्चालन गरेका लगानीकर्ताको संख्या २२ लाख बढिरहेको हुनाले पुँजीबजारमा एक जनाको मात्रै अधिकार रहने हुन सक्दैन र सरकारले हुन दिइनेछैन । अध्यक्ष नियुक्ति सम्बन्धमा सिफारिस समितिले सिफारिस गरे बमोजिम अध्यक्ष नियुक्ति हुने कानूनी व्यवस्था हो। यसमा कुनैपनि पार्टी वा पार्टीको नेताले चाहेर अक्ष्यक्ष हुँदैन । त्यस अनुसारको चाहनामा प्रतिविम्वित हुँदैन । निर्णय प्रक्रिया पारदर्शी  र स्वच्छ ढङ्गले हुन्छ । प्रत्येक नेपाली नागरिकलाई नेपालको कुनैपनि भूभागका व्यापार व्यवसायी सञ्चालन गर्न पाउने संवैधानिक हक छ । सरकार त्यसको पक्षमा छ । शेयर बजारमा नक्कली कारोबार उठाउनु भएको छ । तर  सरकारले शेयर बजारलाई परिपक्क,अनुशाशित र दिगो ढङ्गले विकशित गर्नुपर्छ भन्ने दृष्टिकोण हो । त्यही अनुसारका प्रयासहरु भइरहेका छन् । कुनैपनि प्रकारका अवान्छित क्रियाकलापहरु,कर्नर र इन्साइडर टे«डिङ नहोस् र विभिन्न प्रकारका सामाजिक सञ्चालमा गु्रपहरु बनाएर शेयर लगानीकर्तालाई भ्रम नगरियोस् भन्ने कुरामा सरकारले ध्यान दिएको छ ।’

उहाँले सरकारलाई अध्यक्ष नियुक्तिमा कसैले प्रभाव पार्न नसक्ने भन्दै मिडियामा प्रकाशित समाचारका आधारमा धारणा बनाउन आवश्यक नभएको बताउनु भयो । उहाँले बोर्डको अध्यक्ष नियुक्तिको निर्णय प्रक्रिया पारदर्शी र स्वच्छ ढङ्गले हुने जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले बिहीवार प्रतिनिधि सभामा दुई विधेयक प्रश्तुत गर्नुभएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र धितोपत्र सम्बन्धी ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा प्रश्तुत गर्नुभयो । —न्युज एजेन्सी नेपाल