९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

शेयर बजारलाई परिपक्व,अनुशाशित र दिगो ढङ्गले विकसित गर्ने सरकारको दृष्टिकोण छः अर्थमन्त्री पौडेल

शेयर बजारलाई परिपक्व,अनुशाशित र दिगो ढङ्गले विकसित गर्ने सरकारको दृष्टिकोण छः अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले पुँजीबजारमा एक जनाको मात्रै एकाधिकार रहन नदिने बताउनुभएको छ ।

धितोपत्र सम्बन्धि पहिलो संशोधन विधेयक, २०८१ का विषयमा संसदमा जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । अर्थमन्त्री पौडेलले पुँजीबजारमा ६४ लाख बढीले डिम्याट खाता र दोस्रो बजारमा २२ लाख बढी लगानीकर्ताले धितोपत्रको कारोबार गर्ने गरेको भन्दै एक जनाको एकाधिकार रहने अवस्था नभएको स्पष्ट पार्नुभयो । उहाँले यदि एक वा कुनै समूहको एकाधिकार भएपनि सरकारले त्यस्तो गर्न नदिने धारणा राख्नुभयो ।

उहाँले  शेयर बजारमा नक्कली कारोबार हुन नदिने बताउनु भयो । अर्थमन्त्री पौडेलले सरकारले शेयर बजारलाई परिपक्व,अनुशासित र दिगो ढङ्गले विकसित गर्ने दृष्टिकोणका साथ काम गरिरहेको बताउनु भयो । उहाँले शेयर बजारमा कुनैपनि प्रकारका अवाञ्छित क्रियाकलाप,कर्नर र इन्साइडर टे«डिङ हुन नदिने र विभिन्न प्रकारका सामाजिक सञ्जालमा गु्रपहरु बनाएर शेयर लगानीकर्तालाई भ्रम पार्न नदिने विषयमा सरकारले ध्यान दिएको उल्लेख गर्नुभयो । अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिस समितिले सिफारिस गरे बमोजिम नियुक्ति हुने कानूनी व्यवस्था भएको भन्दै कुनैपनि पार्टी वा पार्टीको नेताले चाहेर व्यक्ति अक्ष्यक्ष हुन नसक्ने बताउनु भयो । उहाँले बोर्डको अध्यक्ष नियुक्ति सरकारले नेपाल धितोपत्र बोर्ड ऐन दफा ७ को कानूनी प्रक्रिया र विधि बमोजिम अध्यक्ष नियुक्ति हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल धितोपत्र बोर्ड सम्बन्धि ऐन दफा ७ को कानूनी प्रक्रिया र विधि बमोजिम अध्यक्ष नियुक्ति हुन्छ । यसमा कसैले प्रभाव पर्ने भन्ने विषय रहँदैन । मिडियामा प्रकाशित समाचारका आधारमा धारणा बनाउन आवश्यक छैन । पुँजीबजारमा डिम्याट खाता ६४ लाख बढीले खोलेका छन् । दोस्रो बजारमा धितोपत्रको कारोबार खाता सञ्चालन गरेका लगानीकर्ताको संख्या २२ लाख बढिरहेको हुनाले पुँजीबजारमा एक जनाको मात्रै अधिकार रहने हुन सक्दैन र सरकारले हुन दिइनेछैन । अध्यक्ष नियुक्ति सम्बन्धमा सिफारिस समितिले सिफारिस गरे बमोजिम अध्यक्ष नियुक्ति हुने कानूनी व्यवस्था हो। यसमा कुनैपनि पार्टी वा पार्टीको नेताले चाहेर अक्ष्यक्ष हुँदैन । त्यस अनुसारको चाहनामा प्रतिविम्वित हुँदैन । निर्णय प्रक्रिया पारदर्शी  र स्वच्छ ढङ्गले हुन्छ । प्रत्येक नेपाली नागरिकलाई नेपालको कुनैपनि भूभागका व्यापार व्यवसायी सञ्चालन गर्न पाउने संवैधानिक हक छ । सरकार त्यसको पक्षमा छ । शेयर बजारमा नक्कली कारोबार उठाउनु भएको छ । तर  सरकारले शेयर बजारलाई परिपक्क,अनुशाशित र दिगो ढङ्गले विकशित गर्नुपर्छ भन्ने दृष्टिकोण हो । त्यही अनुसारका प्रयासहरु भइरहेका छन् । कुनैपनि प्रकारका अवान्छित क्रियाकलापहरु,कर्नर र इन्साइडर टे«डिङ नहोस् र विभिन्न प्रकारका सामाजिक सञ्चालमा गु्रपहरु बनाएर शेयर लगानीकर्तालाई भ्रम नगरियोस् भन्ने कुरामा सरकारले ध्यान दिएको छ ।’

उहाँले सरकारलाई अध्यक्ष नियुक्तिमा कसैले प्रभाव पार्न नसक्ने भन्दै मिडियामा प्रकाशित समाचारका आधारमा धारणा बनाउन आवश्यक नभएको बताउनु भयो । उहाँले बोर्डको अध्यक्ष नियुक्तिको निर्णय प्रक्रिया पारदर्शी र स्वच्छ ढङ्गले हुने जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले बिहीवार प्रतिनिधि सभामा दुई विधेयक प्रश्तुत गर्नुभएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र धितोपत्र सम्बन्धी ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा प्रश्तुत गर्नुभयो । —न्युज एजेन्सी नेपाल