१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडिबीले नेपाललाई थप सहयोग गर्ने



अ+ अ-

काठमाडौं: एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिनु भएको हो ।

सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन र शिक्षा क्षेत्रमा सहयोग गर्नेछ ।
विश्व बैंकसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुनेछ ।

अर्थमन्त्री पौडेलले एडिबीको सहयोगबाट सञ्चालित कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

एडिबीका कार्यकारी निर्देशक चाइयावानले नेपालको अर्थतन्त्र समस्यामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलको नेतृत्वमा अर्थतन्त्र गतिशिल हुने विश्वास व्यक्त गर्नु भएको थियो ।
एडिबीले नेपालमा पूर्वाधार विकास, शिक्षा, वातावरण लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।