३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल कानून व्यवसायी परिषद् विधेयकमा नेपाल लयर्स एकेडेमी गठन गर्ने विषय मुख्य हो: कानूनमन्त्री



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयकमा नेपाल लयर्स एकेडेमी गठन गर्ने विषय मुख्य रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदहरुले छलफलका क्रममा उठाउनुभएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा गहन छलफल भएको र अझै परिष्कृत बनाउनुपर्ने बताउनु भयो । उहाँले कानून व्यवसायीहरुलाई दक्ष बनाउने कुरा, तालिम दिने र ग्रेजुएटसम्मको पाठ्यक्रम बनाएर शिक्षा दिने कुराहरुको व्यवस्था विधेयकमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा गहन छलफल भएको छ । कानून व्यवसायीहरुले आग्रह गरेको नेपाल लयर्स एकेडेमी गठन गर्ने विषय यसमा मुख्य छ । यसले कानून व्यवसायीहरुलाई दक्ष बनाउने कुरा, तालिम दिने र ग्रेजुएटसम्मको पाठ्यक्रम बनाएर शिक्षा दिनेकुराहरु व्यवस्था गरिएको छ र यस विधेयकमा कानून व्यवसायीहरुलाई अनुशासनको कारबाही गर्नुपरे, सचेत गराउनुपरे र कारबाही गर्नुपरे उहाँहरुको एशोसिएशनले कारबाही गर्नेकुराको व्यवस्था गरेको छ । साथै कानून व्यवसायी परिषद्को आग्रहमै यो आएको हो । यसलाई अझ परिष्कृत कसरी बनाउने त्यसमा ध्यान दिनुपर्छ ।’

मन्त्री चौरसियाले विधेयकमा कानून व्यवसायीहरुलाई अनुशासनको कारबाही गर्नुपरे र सचेत गराउनुपरे एशोसिएशनले कारबाही गर्नेकुराको व्यवस्था गरेको उल्लेख गर्नुभयो ।