२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर डेंगु र हैजाको प्रकोप फैलियो, सरकारको योजना के छ: सांसद पन्त



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कमला पन्तले देशभर डेंगु र हैजाको प्रकोप फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले देशभर डेंगुको प्रकोपले जनता हैरान रहेको बताउनु भयो । उहाँले डेंगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ छन् ?त्यसबारेमा सदनलाई जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले हैजा र डेंगु फैलिनुको कारण पत्ता लगाइ संसदमा जानकारी गराउन राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग रुलिङको माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशभर डेंगुको प्रकोपले जनता हैरान छन् । डेंगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ कता छ? त्यो जान्न चाहन्छु । हामीसँग विवरण छैन । हामीलाई थाहा छ, डेंगुले नेपाली जनतालाई धेरै दु:ख दिएको छ । हरेक जिल्लामा पुगेको छ । हैजा फैलिएको छ । हैजाको कहाँ कहाँ पुगेको छ, कारण के हो ? त्यो कारण पत्ता लगाइ सरकारको जवाफको निम्ति अध्यक्षज्युको रुलिङ होस् । यति लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति अध्यक्षज्युले रुलिङ पनि गर्नुभएको छ । सरकारले नसुनेको हो की ? हामी जान्न चाहन्छौँ ।’

सांसद पन्तले लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति रुलिङ भएपनि सरकारले चासो नदेखाएको आरोप लगाउनु भयो ।