९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीन हुँदैनः अर्थमन्त्री पौडेल

धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीन हुँदैनः अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताउनुभएको छ ।

बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीनको अवस्थामा नरहने बताउनुभएको हो । उहाँले बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको भन्दै सरकारले बोर्डको नेतृत्व चाँडै ल्याउने उल्लेख गर्नुभयो । उहाँले धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीनहुँदा अनेक प्रकारका समस्या थपिने र फाइलहरु रोकिएको धारणा राख्नुभयो ।

उहाँले बोर्डमा उत्पन्न भएका समस्याको समधान विधिसंवत शिघ्र समाधान गर्ने पक्षमा सरकार रहेको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले  जलविद्युतमा विदेशी लगानीमा समय–समयमा सिर्जना हुने समस्यालाई सरकारले सम्बोधन गर्ने बताउनु भयो । उहाँले ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो । अर्थमन्त्री पौडेलले सरकारी र विद्युत प्राधिकरणले निर्माण गर्ने आयोजनाहरुमा विदेशी लगानी उल्लेखिय मात्रामा हुने गरेको बताउनु भयो । उहाँले सरकारले निर्माण गरेको मात्रै नभई अब निजी क्षेत्रका आयोजनाहरुमा पनि विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्ने आवश्यक रहेको भन्दै सरकारले वातावरण बनाउन सहजिकरण गर्ने उल्लेख गर्नुभयो । उहाँले अहिले जलविद्युत लगानीको महत्वपूर्ण क्षेत्र भएकाले सरकार नियन्त्रण गर्ने पक्षमा नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जलविद्युतमा विदेशी लगानीमा समय–समयमा समस्या सिर्जना हुने गरेको छ । त्यसलाई सरकारले सम्बोधन गर्छ । ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्नुपर्छ । सरकारी र विद्युत प्राधिकरणले निर्माण गर्ने आयोजनाहरुमा विदेशी लगानी तुलनात्मक रुपले उल्लेखिय मात्रामा हुने गरेको छ । अब निजी क्षेत्रका आयोजनाहरुमा पनि विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्नुपर्ने मलाई लाग्छ । त्यस हिसावले सरकारले सोचिरहेको छ । मुलुकले लोडसेडिङ खेपीरहेको अवस्थामा लगानीको निश्चित हिस्सा ऊर्जा उत्पादनमा लगाउनु पर्ने सोच थियो । अहिले पनि जलविद्युत लगानीको महत्वपूर्ण क्षेत्र हो । यसलाई नियन्त्रण गर्नुहुँदैन । विद्युत विधेयकका विषयमा त्रुटी रहित विधेयक बनाउने पक्षमा छ । धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहीन अवस्थामा छ । यो नेतृत्व बिहीन अवस्था लामो समयसम्म रहिरहन हुँदैन । यसले अनेक प्रकारका समस्या थपिएका छन् । फाइलहरु रोकिएको छ । यो समस्याको समधान विधिसंवत शिघ्र समाधान गर्ने पक्षमा सरकार छ ।’

उहाँले विद्युत विधेयकलाई सरकारले व्यवसायीमैत्री र त्रुटिरहित बनाउने पक्षमा रहेको बताउनु भयो । उहाँले ऊर्जा व्यवसायीहरुलाई जलविद्युत क्षेत्रमा समस्या छन् भनेर नथाक्न पनि आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेलले जलविद्युतका समस्या समाधानको लागि सरकार र निजी क्षेत्र एउटै टेवलमा बसेर छलफलमा जानुपर्ने बताउनु भयो । उहाँले मुलुकमा ऊर्जाको आन्तरिक खपत बढाएर जान सके मात्रै जीवनस्तर माथि उठाउन सकिने उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल