२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘थामेमा हिमताल फुटेर बाढी आउनुको मुख्य कारण तापक्रम वृद्धि’



अ+ अ-

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि भएको जानकारी गराएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापत्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षका कारण पानीको सतह पनि बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको र त्यस पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको आफूहरुको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनु भयो ।

हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत तल्लो तालमा गएर बजारिएको बताउनु भयो । तल्लो तालको मुख कमजोर भएको हुनाले फुटेर सो घटना हुन गएको पुष्टि भएको पाइएको उहाँको भनाई थियो । प्रमुख कार्यकारी अधिकृत पोखरेलले अनुसन्धानको क्रममा पछिल्लो असार र साउनमा सो भेगमा तापक्रम वृद्धि भएको पनि देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो तापक्रम वृद्धिकै कारण यस्तो भएको हो । यसमा दुईमत छैन । ठयाक्कै कति भयो, विगतमा कति थियो ? यो बाँकि रहेको समयमा पनि हामीले नापेर हेर्छौ । अन्य ठाउँमा पनि नापेको हिसावबाट विस्तृत अध्ययनबाट त्यो थाहा पाउँछौं । म आफैँ पनि गएको थिए । पातलो जाकेट लगाएर जाँदा पनि त्यत्रो हाईटमा एकदम गर्मी भइराखेको थियो ।

थामे बजारमा म आफैँले पनि गरेको अन्तरक्रियामा उहाँहरुले के भन्नु भयो भने ३, ४ दिन अघि देखि नै अलिकति अनिष्टको संकेट कालो, निलो खालको बादलहरु मडारिइरहेको कुराहरु गर्नुभयो ।

त्यो हुनासाथ उहाँहरु बौद्ध धर्म परम्पराअनुसार उहाँहरुले गएर पूजाआजा गर्ने, एउटा टोलीलाई त्यो तालसम्म गएर ध्यान गर्ने कुराहरु गर्नुभएको थियो । त्यो दिन बिहान पानी परेको थिएन । तर त्यो दिन झन कालो बादलहरु थियो । त्यसअघि त्यस्तो खालको कालो बादल उहाँहरुले नदेखेको कुरा हामीलाई राख्नु भयो । हपहप गर्मी र अनवरत रुपमा पानी परिरहेको थियो ।

सामान्यतया अहिले पानी पर्दाको तापक्रम र छेउछाउको तापक्रम बराबर नै हुन्छ । त्यो पानी र तापक्रम दुवैको कारणले गर्दा त्यहाँ भएको जुन मोरेन हुन्छ । त्यो पहिलो लेकमा फुट्न थाल्यो । त्यो फुटेको कुरा स्पष्ट देखिन्छ । हामीहरु दुई राउण्ड हेलिकप्टरबाट फुटेजहरु लिएका थियौं । त्यो फुट्नुको कारण तापक्रम बढ्नु हो ।

जुलाई र अगष्टमा तापक्रम बढी भएको हामीले पायौं । असार साउनमा तापक्रम बढी हुन लागेपछि यो फुट्न गएको हो भन्ने पुष्ट्याँई त्यसले पनि गर्यो । हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत आईससहित तल्लो तालमा गएर बजारियो । र तल्लो तालको मुख कमजोर भएको यो हुन गएको हो । यसमा तापक्रम वृद्धि नै यसको मुख्य कारण हो । ’

प्राधिकरणकाअनुसार सो हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र त्यसले अनिष्ट निम्त्याउने संकेत देखिएको स्थानीयहरुले बताएका थिए । थामेमा गत साउन ३२ गते शुक्रवार हिमताल फुटेर बाढी बस्तीमा पस्दा ठूलो क्षति भएको थियो ।




भर्खरै