३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छ: मुख्यसचिव गड्तौला



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले सय दिनमा गर्ने कामहरुको योजना सार्वजनिक गर्ने भएको छ ।

मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारले सय दिनमा सम्पादन गर्ने कामहरुको योजना छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभएको हो ।

नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गत वर्ष भन्दा यस वर्ष सरकारले बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा बढी सफलता हात पर्ने दाबी समेत गर्नुभयो । गत वर्षभन्दा यस वर्ष बजेटमा उल्लेखित कार्यक्रमहरु कार्यान्वयन हुने र बजेट पनि खर्च हुने मुख्यसचिव गड्तौलाको दाबी थियो । उहाँले आफूले बजेटबारे धेरै बोल्न नमिल्ने तर्क समेत गर्नुभयो । सम्बन्धित मन्त्रालयले बजेट कार्यान्वयन गर्ने भएकाले आफूले त्यसमा बढी बोल्न उपयुक्त नहुने मुख्य सचिव गडतौलाको स्पष्टिकरण थियो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले अहिलेको सरकारले सय दिन भित्रमा गर्ने काम के के हुन् ?भन्ने कुरा अब छिट्टै नै बाहिर ल्याउँदैछ । त्यो सय दिन भित्र गर्ने काम धेरै नै यहाँ पर्ने मैले महशुस गरेको छु । यो बजेटको बारेमा मैले धेरै बोल्नु पनि हुँदैन । जसले जे मन लाग्यो, जतिखेर जहाँ बोल्ने पनि होइन जस्तो लाग्छ । बजेट अर्थ मन्त्रालयबाटै बोल्नुपर्ने हो । सम्बन्धित मन्त्रालयले नै जान्दछ । मुख्यसचिवले कुनै पनि फाईल सदर गर्नुपर्दैन । धेरैलाई भ्रम छ–सबै फाईल मुख्य सचिवले सदर गर्छ भन्ने । तर त्यो होइन । मुख्य सचिवले क्याविनेटमा गर्ने हो । बाँकि अरु सम्बन्धित मन्त्रालयले नै गर्ने हो । पदमा पुगे भन्दैमा जो पायो बोलेर हिँड्नु हुँदैन भन्ने लाग्छ मलाई । यहाँ आफ्नो काम केही नभन्ने, अर्कोको काम धेरै भन्ने पनि हामीसँग चलन छ । त्यसकारण यसमा म साह्रै धेरै कुरा गर्दिन । सिटिइभिटीले मात्रै सबै गर्ने भए अरु संस्था खोल्नुनै पर्ने थिएन । सरकारले आवश्यक्ता अनुसार संस्थाहरु गठन गर्छ । आवश्यकताअनुसार विघटन गर्छ । आवश्यकताअनुसार कानून बनाउँछ । आवश्यकताअनुसार जिम्मेवारी दिन्छ । त्यसैले सरकारले सिटिईभिटी छोडेर अर्को किन गर्‍यो भनेर भन्नुहुँदैन । तपाईले आफ्नो जिम्मेवारी पूर्णरुपमा पूरा गर्नुस् । तपाई आफ्नो काम पूरा गर्नुभयो भने कसैले पनि प्रश्न नै गर्दैन । अब गत वर्षभन्दा यस वर्ष पक्कै पनि बजेटमा यो कार्यक्रमहरु पनि कार्यान्वयन हुन्छन् । बजेट पनि खर्च गर्छ । सिएनआईले वाच गरेर अर्को चोटीको गोलो डाटामा कामै नगरेको भन्दै आउँदैन होला भन्ने मलाई लाग्छ ।’

मुख्यसचिव गडतौलाले आफ्नो जिम्मेवारी पूरा गर्न सचिवहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले जिम्मेवार निकायमा बस्नेहरुले बोल्ने भन्दा पनि काम गरेर परिणाम देखाउन केन्द्रित हुनुपर्ने बताउनु भयो ।