४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन – प्रधानमन्त्री ओली

जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन – प्रधानमन्त्री ओली
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् सङ्कटमा रहेका अवस्थामा जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताउनुभएको छ । कोभिड–१९ महामारीसम्बन्धी ३१औँ विशेष संयुक्त राष्ट्रसङ्घीय महाअधिवेशनलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत आज सम्बोधन गर्दै उहाँले खोपहरू विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले कोभिड–१९ विरुद्धको खोपसम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित भए पनि सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताका रुपमा देखापरेको तथा धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा ‘कोभाक्स’ले गरेको प्रयासको सराहना गर्दै भन्नुभयो, “खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन ।” तेह्र लाखभन्दा बढीले ज्यान गुमाइसकेका तथा प्रायः सबै समाज, अर्थतन्त्र र मुलुक गम्भीररुपमा प्रभावित भइरहेका सन्दर्भमा महामारीको त्रासदी अकथनीय रहेको बताउँदै उहाँले विद्यमान महामारी  एक स्वास्थ्य सङ्कट मात्र नभएर राष्ट्रबीच आपसीरुपमा तथा आन्तरिकरुपमा चुलिँदै गएको असमानता एवं मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असमाञ्जस्यताविरुद्ध जागरुक हुन बजेको घण्टी भएको विचार व्यक्त गर्नुभयो ।  एउटा संसारलाई एउटा सानो जहाजका रुपमा चित्रण गर्दै प्रधानमन्त्री ओलीले हामी सबै  यसका यात्री भएकाले हामीलाई मन परोस् वा नपरोस्, हामी एउटै भाग्यका हिस्सेदार भएको अमूल्य शिक्षा महामारीले हामीलाई प्रदान गरेको बताउनुभयो । 

स्वास्थ्य स्याहार प्रणालीको सुदृढीकरण, जनताको जीवनको रक्षा एवं दिगो तथा उत्थानशील पुनःस्थापनाका उद्देश्यबाट नेपाल मार्गनिर्देशित भएको, आवश्यक परेकालाई निःशुल्क परीक्षण एवं उपचार सेवा प्रदान गरिएको तथा सङ्घीय, प्रान्तीय एवं स्थानीय तहका स्वास्थ्य प्रणालीमा आवश्यक पूर्वाधार, मानवीय तथा वित्तीय स्रोत र चिकित्सकीय उपकरण सुनिश्चित गरिएको जानकारी उहाँले दिनुभयो ।  “अन्य मुलुक झँै नेपाल पनि यसस्तरको सङ्कटका लागि तयार थिएन तर भाइरसको नियन्त्रणका लागि हामीले उपलब्ध सबै राजनीतिक, आर्थिक, मानवीय तथा प्राविधिक स्रोतको परिचालन गरेका छौँ”, अकल्पनीय स्वास्थ्य सङ्कटविरुद्ध नेपालको लडाइँबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो । सङ्कटको वर्तमान घडीमा देखाएको विश्वव्यापी समन्वय र नेतृत्वका लागि नेपाल संयुक्त राष्ट्रसङ्घ तथा विशेषतः विश्व स्वास्थ्य सङ्गठनको सराहना गर्दै उहाँले चुनौतीको सामना गरिरहँदा त्यसबाट पार पाउन सुदृढ विश्वव्यापी सम्बोधनको आवश्यकता रहेको औँल्याउनुभयो ।

बहुपक्षीयतालाई स्वच्छ नयाँ जीवन दिनुपर्ने, गरीबी, भोकमरी तथा बढ्दो असमानतालगायत जलवायु सङ्कट एवं विश्वव्यापी महामारीजस्ता समसामयिक विश्वका गम्भीर चुनौती सामना गर्नसक्ने पुनःसबलीकृत बहुपक्षीयताको आवश्यकतामा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “हामीले सहकार्य र ऐक्यबद्धताको मार्ग छनोट गर्नुपर्छ, एकल कार्य होइन, महामारी अन्तरराष्ट्रिय प्रतिबद्धता र सहकार्यबाट पछि हट्ने बहानाका रुपमा प्रयोग गरिनु हुँदैन । विशेष परिस्थितिमा रहेका राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्र स्थिर बनाउन, आर्थिक स्थिरता रक्षा गर्न तथा ऋण सङ्कटको सामना गर्न बृहत् सहयोगको खाँचो  छ ।” दुई दिवसीय उक्त विशेष महाधिवेशनलाई ३७ देशका राष्ट्राध्यक्ष, ३९ राष्ट्रका सरकार प्रमुखसहित १५५ राष्ट्रका राजनीतिक नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको न्यूयोर्कस्थित  राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।