• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

रास्वपाले मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने भएको छ ।

पार्टी कार्यालय वनस्थलीमा जारी बैठकले साधारण सदस्यबाट पनि निष्कासन गर्नुअघि एक पटक फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

रास्वपाले यसअघि ‘तपाईंलाई साधारण सदस्यबाट पनि निलम्बन किन नगर्ने ?’ भनेर स्पष्टीकरण सोधेको थियो ।

तर, ढकालले स्पष्टीकरणको जवाफ दिँदै पार्टी सभापति रवि लामिछानेमाथि नै प्रश्न उठाएका थिए ।