१९ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र सांसद भीम रावल शुक्रबार पनि आमने सामने भए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटीका यी दुई सदस्यले यसअघि पनि समिति बैठकमा सवाल जवाफ गरेका थिए । शुक्रबार भने भारत र चीनबाट हालै नेपालमा भएका उच्च स्तरीय भ्रमणको विषयमा सवाल जवाफ भएको हो ।
© 2023










