२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्री भट्टराईले भनिन्– गृहमन्त्रीबाट सहयोग भएन



अ+ अ-

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री रमेश लेखकलाई पाँच दिनदेखि भन्दा पनि सुनुवाइ नभएको गुनासो गर्नुभएको छ ।

शिक्षामन्त्री भट्टराईले आज सामाजिक सञ्जालबाट विश्वविद्यालयका पदाधिकारीहरूमाथि केही दिनअघि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्रीले गृहमन्त्रीसँग सुरक्षाको माग गरेको जानकारी दिनुभएको थियो । मन्त्री भट्टराईको भनाइलाई लिएर विभिन्न टिप्पणी आएपछि उहाँले पुन: त्यसबारे स्पष्टीकरण दिँदै गृहमन्त्रीसँग पाँच दिनदेखि समन्वय गर्दा पनि सुनुवाइ नभएको लेख्नुभएको छ ।

मन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘यहाँहरुले मलाइ आबस्यक सुझाव दिनु भएकोमा आभारि छु । मैले सार्बजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो कुनै आबेगमा आएर लेखेको होइन । मैले ५ दिन देखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारि गराउन चाहन्छु ।’

शिक्षा मन्त्री भट्टराईले सामाजिक सञ्जालमा लगातार टिप्पणी गरेपछि गृहमन्त्री रमेश लेखकसँगको सम्बन्ध बिग्रिएको हुनसक्ने देखिन्छ ।