२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाका सदस्यबीचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन: महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरुभित्रको असमानता हटाउन नेपाली काँग्रेस र नेकपा एमालेबीच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा स्व। प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चुनाव जितेकाले क वर्ग र समानुपातिबाट चयन भएका सांसदले ख वर्गको ठान्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले यसमा नेकपा (माओवादी केन्द्र), मधेसवादी दलहरुले असहमति प्रकट गर्न नसक्ने बताउनु भयो । उहाँले इतिहासका विभिन्न चक्र र कालखण्डमा विचलित हुँदा विचारको नेतृत्व गर्नेहरुले नै सही बाटो देखाएको स्मरण पनि गर्नुभयो ।उहाँले अहिलेको सन्दर्भमा समावेशिताको आधारमा बनाएको संविधानमा चुनाव प्रणालीमा असमानता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इतिहासका विभिन्न चक्र र कालखण्डमा हामी विचलित हुँदा विचारको नेतृत्व गर्नेहरुले नै सही बाटो देखाउने गरेका छन् भन्नेकुरालाई बुझ्नु पर्दछ । र अहिलेको सन्दर्भमा समावेशिताको आधारमा हामीले बनाएको संविधानमा जुन प्रकारको चुनाव प्रणाली अवलम्वन गरेका छाँै, समानताका लागि भन्छौँ तर यथार्थ रुपमा भन्ने हो भने प्रतिनिधि सभाका सदस्यहरुभित्रै असमानता छ । चुनाव जितेकाहरुले क वर्गको ठान्ने, समानुपातिकबाट आएकाले ख वर्गको ठान्ने । जे चिजबाट हामी समाजलाई समानताको जगमा खडा गर्ने कुरा गर्दैछौँ, निर्वाचन प्रणालीका कारणले त्यही असमानताको कारण बनेको छ भने त्यसले समाजलाई सकारात्मक परिवर्तन गर्नसक्छ रु सक्दैन । त्यस अर्थमा समानुपातिक समावेशीलाई यस्तो ढाँचामा बदलेर लैजानुपर्छ जुन ढाँचाबाट आएका सांसदहरु क र ख वर्गका नहुन् । एउटै वर्गका हुन् । यो चिजको खोजि गर्नुपर्छ भन्ने मान्यता हो नेकपा एमाले र नेपाली काँग्रेसको । त्यसमा माओवादीले विमति राख्न सक्छ ? के मधेसवादी दलले विमति राख्न सक्छन् ? सक्दैनन् ।’

महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबीच भएको सहमति तत्कालै बाहिर नल्याउनुको कारण नेकपा ९माओवादी केन्द्र० लाई पनि राष्ट्रिय सहमतिको सरकारमा जोडिनका लागि रहेको बताउनु भयो ।