४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गाईजात्रा परेड



गाईजात्रा उत्सव मनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक काठमाडौँ, ४ भदौः नील हिरा समाजद्वारा मङ्गलबार काठमाडौँको ठमेलमा २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मनाउँदै । जहाँ नेपालभरबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिको सहभागिता रहेको छ । तस्बिरः प्रदीपराज वन्त÷रासस
अ+ अ-

काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीवीटीआई) समुदायले गाईजात्राको अवसरमा परेड प्रदर्शन गरेका छन् ।

यौनिक अल्पसंख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (नील हिरा समाज)ले मङ्गलबार काठमाडौँमा आयाजना गरेको २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मा गाईजात्रा परेड प्रदर्शन गरेका हुन् ।

उनीहरु विभिन्न भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका छन् । उकत कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर शाह सुडी लगायत विभिन्न कलाकारहरु सहभागि छन्।

अंग्रेजी पात्रोअनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ । यो महिनामा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्छन् । नेपालमा भने गाईजात्रामा परेड निकाल्ने गरेका छन् ।

 

तस्बिरः प्रदीपराज वन्त/रासस