१९ माघ २०८१, शनिबार
,
Latest
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  को सचिवालय बैठक सुरू भएको छ। नेकपाको सचिवालय बैठक शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । 

शनिवार बैठक बस्नुअघि नेकपा अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहालबिच 'वान टु वान' छलफल भएको थियो । अध्यक्षद्वयको छलफल सकिए लगत्तै सुरु भएको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली पनि सहभागी भएका छन्। 

पछिल्लो समय नेकपामा दुई अध्यक्षले एक अर्कामाथि आरोप प्रत्यारोप लगाइरहेका छन्। आरोप प्रत्यारोपसंगै दुई अध्यक्षबीच विवाद चुलिँदा नेकपा विवाद साम्य हुने भन्दा झन् चर्किदै गएको छ।

केही समयअघि अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा १७ पेज लामो प्रतिवदेन पेश गरेका थिए। उक्त प्रतिवेदनलाई ओली पक्षमा नेताहरूले ‘आरोपपत्र’ भनेका थिए। सोही प्रतिवेदनको जवाफ लागि ओलीले १० दिन मागेका थिए।

त्यसपछि उनले पनि ३८ पेज लामो प्रतिवदेन तयार गरेर सचिवालयमा पेश गरे। उक्त प्रतिवेदनमा ओलीले प्रचण्डले लगाएका सबै आरोप फिर्ता लिनु पर्ने उल्लेख गरेका थिए।