१९ माघ २०८१, शनिबार
,
Latest
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा कलह स्थायी समिति प्रवेश गर्दै, कार्यदल गठन गरेर टुङ्ग्याउने प्रयास



अ+ अ-

काठमाडौ । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक पार्टी कार्यलय धुम्बाराहीमा दिउसो १ बजे बस्दैछ । केही समयदेखि शीर्षनेताहरु बीच बढ्दै गएको अन्तरकलह लिखित रुपमा नै आरोप प्रत्यारोपमा उत्रिएपछि शीर्ष बिवाद सचिवालय हुदै स्थायी समितिसमक्ष पुग्न लागेको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एजेण्डा तय गरेर स्थायी समितिको बैठक बोलाउनुपर्ने पक्षमा रहे पनि अधिकांश सचिवालयका सदस्यहरु अब यी बिषयहरु सचिवालयबाट टुङ्गोमा पुग्न नकसेको कारण स्थायी समितिको बैठकबाट नै निरुपण गर्ने निर्णयमा पुगेका हुन् ।  

लामो समयदेखिको मौनतालाई तोड्दै सनिबारको सचिवालयको बैठक अघि अध्यक्ष केपी ओली  र पुष्पकमल दाहालबीच भएको सम्बादले केही मात्रमा “आईसब्रेक ” भएको स्रोतले जनाएको छ । श्रोतका अनुसार स्थायी समितिका अधिकांश सदस्यहरु पार्टी  एकताको पक्षमा रहेका कारण  दुबै अध्यक्षको  प्रतिबेदनहरु स्थायी समितिको बैठकमा पेश हुने र ती प्रतिबेदनलाई एकीकृत गर्न कार्यदल गठन हुने सम्भाबना  रहेको छ । 

शनिबारको बैठकमा गृहमन्त्री समेत रहनुभएका सचिवालय सदस्य रामबहादुर थापाले पनि सोही अनुसारको प्रस्ताब राखेपनि स्थायी समितिले त्यसलाई अघि बढाउने सम्भाबना रहेको स्रोतले जनाएको छ । सम्भवत सचिवालयका सदस्य बामदेब गौतमसहित अधिकांश स्थायी समिति सदस्यहरु रहेको कार्यदल गठन हुनसक्ने छ । 

कार्यदलले काम गरिरहँदा पनि त्यस बीचमा शीर्षनेताहरुबीच सम्बादलाई निरन्तरता दिने र हालसम्म देखिएका असहमतिलाई साँघुरो बनाउने प्रयास हुनेछ । एक अर्काप्रति निकै आक्रामक हुनुभएका अध्यक्ष ओली र दाहालबीच सम्बाद सूरु भएका कारण अर्का बरिष्ठ नेता माधब नेपाल केही सशंकित हुनुभएका कारण केही समस्या उत्पन्न भएको एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।