४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेकपा कलह स्थायी समिति प्रवेश गर्दै, कार्यदल गठन गरेर टुङ्ग्याउने प्रयास

नेकपा कलह स्थायी समिति प्रवेश गर्दै, कार्यदल गठन गरेर टुङ्ग्याउने प्रयास
अ+ अ-

काठमाडौ । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक पार्टी कार्यलय धुम्बाराहीमा दिउसो १ बजे बस्दैछ । केही समयदेखि शीर्षनेताहरु बीच बढ्दै गएको अन्तरकलह लिखित रुपमा नै आरोप प्रत्यारोपमा उत्रिएपछि शीर्ष बिवाद सचिवालय हुदै स्थायी समितिसमक्ष पुग्न लागेको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एजेण्डा तय गरेर स्थायी समितिको बैठक बोलाउनुपर्ने पक्षमा रहे पनि अधिकांश सचिवालयका सदस्यहरु अब यी बिषयहरु सचिवालयबाट टुङ्गोमा पुग्न नकसेको कारण स्थायी समितिको बैठकबाट नै निरुपण गर्ने निर्णयमा पुगेका हुन् ।  

लामो समयदेखिको मौनतालाई तोड्दै सनिबारको सचिवालयको बैठक अघि अध्यक्ष केपी ओली  र पुष्पकमल दाहालबीच भएको सम्बादले केही मात्रमा “आईसब्रेक ” भएको स्रोतले जनाएको छ । श्रोतका अनुसार स्थायी समितिका अधिकांश सदस्यहरु पार्टी  एकताको पक्षमा रहेका कारण  दुबै अध्यक्षको  प्रतिबेदनहरु स्थायी समितिको बैठकमा पेश हुने र ती प्रतिबेदनलाई एकीकृत गर्न कार्यदल गठन हुने सम्भाबना  रहेको छ । 

शनिबारको बैठकमा गृहमन्त्री समेत रहनुभएका सचिवालय सदस्य रामबहादुर थापाले पनि सोही अनुसारको प्रस्ताब राखेपनि स्थायी समितिले त्यसलाई अघि बढाउने सम्भाबना रहेको स्रोतले जनाएको छ । सम्भवत सचिवालयका सदस्य बामदेब गौतमसहित अधिकांश स्थायी समिति सदस्यहरु रहेको कार्यदल गठन हुनसक्ने छ । 

कार्यदलले काम गरिरहँदा पनि त्यस बीचमा शीर्षनेताहरुबीच सम्बादलाई निरन्तरता दिने र हालसम्म देखिएका असहमतिलाई साँघुरो बनाउने प्रयास हुनेछ । एक अर्काप्रति निकै आक्रामक हुनुभएका अध्यक्ष ओली र दाहालबीच सम्बाद सूरु भएका कारण अर्का बरिष्ठ नेता माधब नेपाल केही सशंकित हुनुभएका कारण केही समस्या उत्पन्न भएको एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।