४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको आगलागी डेढ घण्टा पछि नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै कुम्भेश्वरस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

ललितपुर महानगरपालिका–१६ कुम्भेश्वरका अजरमान शाक्यको घरमा आज बिहान भएको आगलागी झन्डै डेढ घण्टा पछि नियन्त्रणमा आएको हो ।

आगलागी बिहान ९ बजेतिर सुरु भएको थियो । आगलागी नियन्त्रणमा लिनका लागि ६ दमकल प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणमा नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना र स्थानीयले सहयोग गरेका थिए भने ललितपुरसँगै भक्तपुर तथा काठमाडौं गरी तीन वटै जिल्लाका ६ दमकलहरूको सहयोगमा नियन्त्रणमा आएको हो । आगलागीमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।