२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० च्याम्पियनसिप: नेपालको विजयी शुरुवात



अ+ अ-

काठमाण्डौ । साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले हराएको हो ।

पहिलो हाफमा नेपालका लागि खेलको २४ औं मिनेटमा निराजन धामीले गोल गरे ।

दोस्रो हाफमा भने नेपालले गोल गर्ने राम्रो मौका गुमाएको थियो । नेपालका समिर तामाङ, अश्विन घोरासैनी र अनिल बम्जनले गोल गर्न चुकेका थिए । यस्तै, खेलको ईन्जूरि टाईमको निराजन धामीको प्रहार बारमा लागेर बाहिरिएको थियो ।

अब नेपालले बिहीवार बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा भोलि समूह ‘बी’का भारत र भुटान खेल्दैछन् ।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् ।




भर्खरै