१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स



अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ । आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आव २०७९/८० को तुलनामा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेशिएका राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगारीका लागि गत आवमा संस्थागत तथा व्यक्तिगत गरी ४ लाख ६० हजार १०३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । त्यस्तै, पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको  छ ।

त्यस्तै, आव २०८०/८१ मा चालू खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालू खाता ४६ अर्ब ५७ करोडले घाटामा थियो ।

आर्थिक वर्ष २०८०/८१ माशोधान्तर स्थिति पनि ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा थियो ।

त्यसैगरी,आर्थिक वर्ष २०८०/८१ मा कुल विदेशी विनिमय सञ्चिती ३२.६ प्रतिशतले बढेर २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ ।