२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स



अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ । आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आव २०७९/८० को तुलनामा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेशिएका राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगारीका लागि गत आवमा संस्थागत तथा व्यक्तिगत गरी ४ लाख ६० हजार १०३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । त्यस्तै, पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको  छ ।

त्यस्तै, आव २०८०/८१ मा चालू खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालू खाता ४६ अर्ब ५७ करोडले घाटामा थियो ।

आर्थिक वर्ष २०८०/८१ माशोधान्तर स्थिति पनि ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा थियो ।

त्यसैगरी,आर्थिक वर्ष २०८०/८१ मा कुल विदेशी विनिमय सञ्चिती ३२.६ प्रतिशतले बढेर २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ ।