४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ल्हासा नगरबाट काठमाडौं महानगरलाई २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार

ल्हासा नगरबाट काठमाडौं महानगरलाई २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार
अ+ अ-

 काठमाडौं । चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको भगिनी सहर ल्हासाबाट काठमाडौं महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक प्राप्त भएका छन् । असोज १ गते ट्रक उपहार दिने पत्र लेख्दै ल्हासा नगरले भनेको छ — नदी र हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं । हामी काठमाडौंको वातारण सफा र स्बच्छ होस् । सरसफाइ राम्रो होस् भन्ने चाहन्छौं । त्यसैले २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार पठाएका छौं ।

ट्रक प्राप्त भएपछि काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, काठमाडौं महानगर र काठमाडौं महानगरबासीकातर्फबाट ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभएको छ । ‘२०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न हामीले दिएको निमन्त्रणा स्वीकार गरेर ल्हासा नगरका मेयर गुहेओ गुहेओ आउनुभएको थियो ।’ ल्हासा नगरबाट गारवेज ट्रक प्राप्त हुनुको पृष्ठभूमि उल्लेख गर्दै मेयर शाक्यले भन्नुभयो – ‘ल्हासा नगरका मेयर गुहेओले त्यसबेलाको भेटमा काठमाडौंको सरसफाइका लागि कम्प्रेस्ड गारवेज ट्रक दिने बताउनुभएको थियो । त्यसैबमोजिम उहाँले २ थान उपहार पठाउनुभएको हो । यसप्रति म व्यक्तिगत रुपमा पनि ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गर्दछु ।’

यी ट्रकको मूल्य १० लाख ६० हजार युआन (करीब १ करोड ९० लाख रुपैयाँ) हो । ल्हासाबाट पैदल मार्गबाट ल्याइएका ट्रकहरु मंसिर १४ गते साँझ खासा मितेरी पुल ल्याइपु¥याइएको थियो । १५ गते ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका अधिकारीहरुले काठमाडौं महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयलाई हस्तान्तरण गरेका थिए । त्यस अवसरमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन बिभाग नगर प्रहरी नायव उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव हुनुहुन्थ्यो । ती ट्रकहरु मंसिर १६ गते काठमाडौं ल्याइपुर्याइएका हुन् ।

आज महानगरका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गर्नुभएको छ । त्यसअघि अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले मेयर शाक्यलाई ट्रकको साँचो हस्तान्तरण गर्नुभएको थियो ।   

१९० हर्ज पावरको इञ्जिन भएको ट्रक ८ गेयरमा चल्छ । ७ हजार २०५ किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्नु यसको मुख्य विशेषता हो । संकलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि मेसिनले फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड मेसिनबाट फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैं आवाज दिन थाल्छ ।