काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । आईतबार पार्टी कार्यालय धुम्बाराहीमा कडा सुरक्षाघेराबिच स्थायी कमिटी बैठक सुरू भएको हो।
धुम्बाराहीमा सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन । प्रधानमन्त्री पार्टी कार्यालयमा बैठक हल हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको स्रोतको दावि रहेको छ ।
पार्टी कार्यालय कोभिड-१९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् । स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।