४ भाद्र २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनले एभर्टनलाई हरायो, नटिङहम र बर्नमाउथको बराबरी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले सहज जित निकालेको छ । गएराति भएको खेलमा ब्राइटनले एभर्टनलाई उसकै मैदानमा ३–० गोलले हराएको हो ।

ब्राइटनको जितमा काओरु मितोमा, ड्यानी वेलवेक र सिमोन एडिंग्राले एक–एक गोल गरे ।

जितसँगै ब्राइटनले तीन अंक जोडेको छ ।

गएराति नै भएको अर्को खेलमा नटिङहम फरेस्ट र बर्नमाउथले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको २३ औं मिनेटमा क्रिस वुडले गोल गर्दै घरेलु टोली नटिङहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ८६ औं मिनेटमा एन्टोनी सेमेन्योले गोल गर्दै बर्नमाउथको हार टारे ।