• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

ब्राइटनले एभर्टनलाई हरायो, नटिङहम र बर्नमाउथको बराबरी



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले सहज जित निकालेको छ । गएराति भएको खेलमा ब्राइटनले एभर्टनलाई उसकै मैदानमा ३–० गोलले हराएको हो ।

ब्राइटनको जितमा काओरु मितोमा, ड्यानी वेलवेक र सिमोन एडिंग्राले एक–एक गोल गरे ।

जितसँगै ब्राइटनले तीन अंक जोडेको छ ।

गएराति नै भएको अर्को खेलमा नटिङहम फरेस्ट र बर्नमाउथले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको २३ औं मिनेटमा क्रिस वुडले गोल गर्दै घरेलु टोली नटिङहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ८६ औं मिनेटमा एन्टोनी सेमेन्योले गोल गर्दै बर्नमाउथको हार टारे ।