• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

आर्सनलको विजयी सुरुवात



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ ।

गएराति भएको खेलमा आर्सनलले वल्भ्सलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्स मैदानमा आर्सनललाई जित दिलाउन खेलको २५ औं मिनेटमा काई हाभेर्टजले र ७४ औं मिनेटमा बुकायो साकाले गोल गरे ।

जितसँगै आर्सनलले तीन अंक जोडेको छ ।