२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिआईपी सम्मान दिने निश्चित मिति घोषणा गरौँः चन्द्र ढकाल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सिआईपी सम्मान (व्यवसायिक महत्वपूर्ण व्यक्ति) गर्ने निश्चित मिति घोषणा गर्न माग गर्नुभएको छ ।

शुक्रवार नेपाल सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारी समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । सिआईपी  जारी गर्ने निश्चित मिति घोषणा गर्नसके धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने र व्यवसायीलाई पनि सक्षम बनाउने काम हुने बताउनु भयो । उहाँले सिआईपी जारी गर्ने निश्चित मिति घोषणा गर्दा समग्रमा सकारात्मक वातावरण दाबी गर्नुभयो । उहाँले नेपाल सरकारका कतिपय नीतिहरुको कारणबाट उद्योगी, व्यवसायीहरुले दुःख पाइरहेको बताउनु भयो । उहाँले आवश्यक भएको ठाउँमा नीतिहरु परिवर्तन गरी समय सापेक्ष बनाउन माग गर्नुभयो । उहाँले दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको सरकारपछि निजी क्षेत्रले लगानी गर्ने मनोबल बढाएको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई सँगै लिएर जानसके मात्रै सरकार सफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा नेपाल सरकारका कतिपय नीतिहरुको कारणबाट कतिपय, सरकारको रेभिन्यु खर्च नगरीकन सरकारको तर्फबाट गर्ने केही सरकारी खर्च नगरीकन गर्ने निर्णयहरुले धेरै काम गर्छ भन्नेकुरा राख्न चाहन्छु । माननीय मन्त्रीज्युले निजी क्षेत्रले गरेको, निजी क्षेत्रले रोजगारी सिर्जना, रेभिन्युमा सहयोग गरेको र निजी क्षेत्रलाई सँगै लिएर निजी क्षेत्रको मनोबल बढाउने कुरामा माननीय मन्त्रीज्युले जुन इन्करेज गर्नुभयो । त्यसको लागि मन्त्रीज्यु र सरकारलाई धेरै धन्यवाद दिन चाहन्छु । श्रीमान सचिवज्यु वास्तवमा यो सिआईपीको डेट फिक्स गरौँ । यो दिन नेपाल सरकारले सिआईपी दिन्छ भनेर एउटा पब्लिक डेट घोषणा गरौँ । यसले धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने व्यवसायीलाई इन्करेज गर्नेछ । जसले समग्रमा सकारात्मक वातावरण बनाउनेछ ।’

अध्यक्ष ढकालले अहिले सकारात्मक माहोल बनिरहेको भन्दै यसले आगामी दिनमा निजी क्षेत्रबाट महत्वपूर्ण उपलब्धि हुने विश्वास राख्नुभयो । उहाँले दुई ठूला राजनीतिक दल मिलेर बनेको सरकारबाट व्यवसायीक वातावरण मिलेको महशुस भएको बताउनु भयो । उहाँले अहिले लगानीको वातावरण रहेको र आन्तरिक लगानी बढ्नेमा विश्वस्त रहेको जिकिर गर्नुभयो । –न्युज एजेन्सी नेपाल