काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएका छन् । आईबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेल मार्फत अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै पेश गरेको ‘अभियोग पत्र’मा छलफल नगर्ने पुनः अडान लिएका छन्।
प्रचण्डले २८ कात्तिकमा पार्टी सचिवालयमा १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए, जसलाई ओलीले लान्छनापत्र भनेका छन् र, यसबारे पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने अडान लिएका छन् । तर १३ मंसिरको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावको जवाफका रुपमा ३७ पृष्ठको प्रस्ताव पेस गरेका थिए ।
यस्तो रहेको छ (पुर्णपाठ)