१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मकः उद्योग वाणिज्य महासंघ



अ+ अ-

काठमाडौँ । अर्थमन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले यसलाई सकारात्मक रुपमा लिएको जनाएको छ ।

महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो ।

अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सिमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक बिकास हासिल गर्नु पर्ने अहिलेको आवश्यकता भएकोले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो । “महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दछु, महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले भने ।

यसलाई अर्थमन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकोमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल सहित मन्त्रालयलाई महासंघ धन्यवाद ज्ञापन गरेको छ । साथै, महासंघले मितव्ययी रुपमा आयोग संचालनको ढाँचा पनि प्रस्ताव गरेको जनाएको छ ।