६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपल्लो मुस्ताङमा ‘यार्तुङ पर्व’मनाइँदै



अ+ अ-
म्याग्दी । उपल्लो मुस्ताङ ‘यार्तुङ’ पर्वमय बनेको छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाकाका विष्ट, गुरुङ र लोवा जातीले बर्खा यामको बिदाइ र हिउँद यामको स्वागतका लागि यार्तुङ पर्व मनाउँछन् ।
बर्खायामलाई बिदाइ गर्ने पर्वका रुपमा लिइने यो मेला मुस्ताङ लगायत, मनाङ र डोल्पा लगायत हिमाली जिल्लामा पनि मनाइन्छ । यार्तुङ तिब्बती भाषाबाट उत्पति भएको शब्द हो ।  लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छियुमी विष्टले बर्खा यामको बिदाइ गर्न यार्तुङ पर्व मनाउने गरिएको बताउनुभयो । “यार्तुङ उपल्लो मुस्ताङको सांस्कृतिक पर्व र पहिचान हो,” उहाँले भन्नुभयो “बर्खायाम सकिएर हिउँद लाग्न थालेपछि हरेक वर्ष प्राकृतिक विपद्, रोगब्याधी र अप्रिय घटना नहोस भन्ने कामना सहित यो पर्व मनाउने चलन छ ।”
यार्तुङमा खेतीबाली राम्रो होस भनेर लामाहरुले देवी देवताको पुजाआजा गर्छन् । घोडचढी कौशल देखाउने उत्सवको रुपमा लिइने ‘यार्तुङ’मा स्थानीय सेब्रु नाच, साँस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडाध्यक्ष कर्मा घ्याचो गुरुङले यार्तुङ पर्व सामाजिक सद्भाव कायम राख्नका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो ।
स्थानीयबासीको अनुकुलता र फुर्सद मिलाएर तीन दिन यार्तुङ पर्व मनाउने चलन छ । रानीपौवाको पुराङको जनप्रिय युवा क्लवका अध्यक्ष कैशाङ ठोक्या ठकुरीले मौलिक पर्व यार्तुङको सांस्कृति, संस्कार र मौलिकता संरक्षणसँग खेलकुद र पर्यटनको विकासका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो ।
यार्तुङमा गरिने घोडादौड प्रतियोगिता अवलोकनका लागि विदेशी र आन्तरिक पर्यटकहरु मुक्तिनाथ आउने गरेका उहाँले बताउनुभयो । तारो (घनुषवाण) र फुटबल लगायतका खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरिएको छ ।
यार्तुङ मनाएपछि खेतीबाली भित्र्याउने र लगाउन थाल्छन् । उवा, जौ, फापर बाली भित्र्याएपछि चिसो शुरु नहुदै उपल्लो मुस्ताङका बासिन्दा जाडो छल्न पोखरा, काठमाडौ, चितवन, बुटवल लगायत देशका विभिन्न सहरमा जाने गर्दछन् । फागुनमा गर्मी शुरु भएपछि घर फर्कने उनिहरु सहरमा घुम्ती व्यवसाय गर्छन् ।