३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय अन्तरिक्ष एजेन्सीद्वारा पृथ्वी अवलोकन उपग्रहको सफलतापूर्वक प्रक्षेपण



अ+ अ-

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शुक्रबार पृथ्वी अवलोकन उपग्रह इओएस–०८ बोकेको तेस्रो र अन्तिम विकास उडान अर्थात सानो स्याटेलाइट लञ्च भेहिकल (एसएसएलभी)–डी ३ को सफलतापूर्वक प्रक्षेपण गरेको अधिकारीहरूले बताएका छन् ।

एसएसएलभी–डी ३ ले दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बङ्गालको खाडी तटमा रहेको श्रीहरिकोटाको लन्च प्याडबाट स्थानीय समयानुसार बिहान ९:१७ मा उडान भरेको थियो ।

“एसएसएलभीको तेस्रो विकासात्मक उडान सफल रह्यो । एसएसएलभी–डी ३ ले इओएस–०८ लाई ठीक सटीक रूपमा कक्षमा स्थापित गर्यो”, इसरोले सामाजिक सञ्जालमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, “यो इसरो/डिओएसको एसएसएलभी विकास परियोजनाको सफल समापनका प्रतीक हो, प्रविधि हस्तान्तरणसँगै भारतीय उद्योग र न्यु स्पेस इन्डिया लिमिटेडले अब व्यावसायिक मिसनका लागि एसएसएलभीको उत्पादन गर्नेछन् ।” रासस