• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमै राख्ने नेपालको लक्ष्य



काठमाडौँ । नेपाली यु–२० पुरुष टोली घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमा राख्ने लक्ष्य लिँदै तयारी गरेको छ ।
आगामी भदौ २ गतेदेखि १२ गतेसम्म नेपालले साफ यु–२० च्याम्पियनसिपको आयोजना गर्दैछन् ।

घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपाली टोलीले गत असारको अन्तिम सातादेखि तयारी गरेको हो । यसबीच युवा टोलीले पर्याप्त तयारी गर्ने अवसर पनि पाएका छन् । उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले सातदोबाटो टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरेको छ । त्यसैले नेपाली टोली घरेलु मैदानमा दाबेदारका रूपमा प्रश्तुत हुनेछ ।

नेपाली युवा टोलीका कप्तान कुशल देउवाले पनि पर्याप्त तयारी पाएकाले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने बताउनु भयो । उहाँले तयारी धेरै राम्रो भइरहेको र हरेक दिन सुधार गरिएकाले नेपाल बलियो टोलीका रूपमा प्रश्तुत हुने विश्वास व्यक्त गर्नुभयो । हरेक टोली जितकै मानसिकताका साथ आएकाले कुनैपनि प्रतिद्वन्दी सहज नहुने उहाँको भनाइ छ । प्रतियोगिता घरेलु मैदानमा भएकाले आफ्नो टोलीले पनि यो उपाधि जित्ने अवसरका रूपमा लिएको कप्तान कृषलले बताउनु भयो । सोहीअनुरूप आफ्नो टोलीले बलियो चुनौती दिने उहाँको विश्वास छ ।

उमेरसमूहमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । यसपल्ट घरेलु मैदान र राम्रो तयारीका कारण नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । एन्फाको टर्पm र प्राकृतिक घाँसे मैदानमा प्रशिक्षण भएको कप्तान देउवाले उल्लेख गर्नुभयो । तयारी अन्तिम चरणमा पुग्दा रणनीतिक रूपमा टोलीले आफूलाई तयारी गरिरहेको कप्तानले बताउन्ु भयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार पत्रकार सम्मेलन गर्दैै खेल्ने मैदानको अभावकै बीच साफ यु–२० च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । आगामी भदौ २ गतेदेखि नेपालमा हुने च्याम्पियनसिपमा ६ राष्ट्रले चुनौती प्रश्तुत गर्दैछन् । नेपालले उद्घाटन खेलमा आईतबार श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ । नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले तयारी अन्तिम चरणमा पुगेको अवस्थामा बलियो देखिएको उल्लेख गर्दै उपाधि घरमा नै सुरक्षित राख्ने विश्वास गर्नुभयो । ।

तयारीका क्रममा उहाँले ‘ए’ डिभिजन टोली चर्च ब्वाइज र त्रिभुवन आर्मीसँग मैत्रीपूर्णको तयारी पनि गर्ने अवसर पाएको उल्लेख गर्नुभयो । घरेलु मैदानमा भएकाले दर्शकको साथ मिल्ने उहाँको विश्वास छ । तयारीमा वर्षाले पनि अवरोध नगरेको उहाँको भनाइ छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भूटान छन् । यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भूटान र माल्दिभ्सले प्रतिष्पर्धा गर्दैछन् । आफ्नो कमजोर पक्षमा काम गरिरहेको प्रशिक्षक उर्जन बताउनु हुन्छ । यस च्याम्पियनसिपमा हरेक टोलीलाई बलियो मान्दै तयारी गरेको प्रशिक्षकको भनाइ छ । हरेक खेल फाइनल जस्तै मानेर खेल्ने प्रशिक्षक उर्जनले बताउनु भयो ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार समूहचरणका ६ खेलसहित सेमिफाइनलका दुई र फाइनल खेल दशरथ रंगशलाको मैदानमै हुने तय छ । मैदान तय भएपछि सातदोबाटोको एन्फा कम्प्लेक्सको लागि टिकट मूल्य निर्धारण गरिने भएको छ । सातदोबाटोमै खेल भए सामान्यतर्पmको मात्र टिकट बिक्री हुने भएको छ । दशरथ रंगशालामा नै खेल भए सामान्यतर्फ दुई सय र भिआइपीतर्फ पाँच सय मूल्य तोकिएको छ ।