१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमै राख्ने नेपालको लक्ष्य

साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमै राख्ने नेपालको लक्ष्य
अ अ+ अ-

काठमाडौँ । नेपाली यु–२० पुरुष टोली घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमा राख्ने लक्ष्य लिँदै तयारी गरेको छ ।
आगामी भदौ २ गतेदेखि १२ गतेसम्म नेपालले साफ यु–२० च्याम्पियनसिपको आयोजना गर्दैछन् ।

घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपाली टोलीले गत असारको अन्तिम सातादेखि तयारी गरेको हो । यसबीच युवा टोलीले पर्याप्त तयारी गर्ने अवसर पनि पाएका छन् । उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले सातदोबाटो टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरेको छ । त्यसैले नेपाली टोली घरेलु मैदानमा दाबेदारका रूपमा प्रश्तुत हुनेछ ।

नेपाली युवा टोलीका कप्तान कुशल देउवाले पनि पर्याप्त तयारी पाएकाले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने बताउनु भयो । उहाँले तयारी धेरै राम्रो भइरहेको र हरेक दिन सुधार गरिएकाले नेपाल बलियो टोलीका रूपमा प्रश्तुत हुने विश्वास व्यक्त गर्नुभयो । हरेक टोली जितकै मानसिकताका साथ आएकाले कुनैपनि प्रतिद्वन्दी सहज नहुने उहाँको भनाइ छ । प्रतियोगिता घरेलु मैदानमा भएकाले आफ्नो टोलीले पनि यो उपाधि जित्ने अवसरका रूपमा लिएको कप्तान कृषलले बताउनु भयो । सोहीअनुरूप आफ्नो टोलीले बलियो चुनौती दिने उहाँको विश्वास छ ।

उमेरसमूहमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । यसपल्ट घरेलु मैदान र राम्रो तयारीका कारण नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । एन्फाको टर्पm र प्राकृतिक घाँसे मैदानमा प्रशिक्षण भएको कप्तान देउवाले उल्लेख गर्नुभयो । तयारी अन्तिम चरणमा पुग्दा रणनीतिक रूपमा टोलीले आफूलाई तयारी गरिरहेको कप्तानले बताउन्ु भयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार पत्रकार सम्मेलन गर्दैै खेल्ने मैदानको अभावकै बीच साफ यु–२० च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । आगामी भदौ २ गतेदेखि नेपालमा हुने च्याम्पियनसिपमा ६ राष्ट्रले चुनौती प्रश्तुत गर्दैछन् । नेपालले उद्घाटन खेलमा आईतबार श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ । नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले तयारी अन्तिम चरणमा पुगेको अवस्थामा बलियो देखिएको उल्लेख गर्दै उपाधि घरमा नै सुरक्षित राख्ने विश्वास गर्नुभयो । ।

तयारीका क्रममा उहाँले ‘ए’ डिभिजन टोली चर्च ब्वाइज र त्रिभुवन आर्मीसँग मैत्रीपूर्णको तयारी पनि गर्ने अवसर पाएको उल्लेख गर्नुभयो । घरेलु मैदानमा भएकाले दर्शकको साथ मिल्ने उहाँको विश्वास छ । तयारीमा वर्षाले पनि अवरोध नगरेको उहाँको भनाइ छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भूटान छन् । यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भूटान र माल्दिभ्सले प्रतिष्पर्धा गर्दैछन् । आफ्नो कमजोर पक्षमा काम गरिरहेको प्रशिक्षक उर्जन बताउनु हुन्छ । यस च्याम्पियनसिपमा हरेक टोलीलाई बलियो मान्दै तयारी गरेको प्रशिक्षकको भनाइ छ । हरेक खेल फाइनल जस्तै मानेर खेल्ने प्रशिक्षक उर्जनले बताउनु भयो ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार समूहचरणका ६ खेलसहित सेमिफाइनलका दुई र फाइनल खेल दशरथ रंगशलाको मैदानमै हुने तय छ । मैदान तय भएपछि सातदोबाटोको एन्फा कम्प्लेक्सको लागि टिकट मूल्य निर्धारण गरिने भएको छ । सातदोबाटोमै खेल भए सामान्यतर्पmको मात्र टिकट बिक्री हुने भएको छ । दशरथ रंगशालामा नै खेल भए सामान्यतर्फ दुई सय र भिआइपीतर्फ पाँच सय मूल्य तोकिएको छ ।