१४ मंसिर २०८१, शुक्रबार
,
Latest
काठमाडौंबाट रामेछाप गइरहेको गाडी दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु काठमाडौंबाट रामेछाप गइरहेको फोर्स गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट मन्त्रीले बोलाएको बैठकमा सचिव र सहसचिव अनुपस्थित , गणपुरक संख्या नपुगेर बैठक रोकियो अछाममा असईले आफैंलाई गोली हानेपछि… लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त: तस्बिरहरु विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकताः मन्त्री सुडी चलचित्र ‘बाटो: रोड टु डेथ’ एमाजन प्राइम भिडियो, ट्युबीसहित विभिन्न ओटिटीमा रिलिज यू–१९ एसिया कपः श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य आचार संहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिम सुरु



अ+ अ-

काठमाडौं । नेपाली सेनाको राष्ट्रिय सेवा दलले सिनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम सञ्चालन गरेको छ ।

देशभरका २१ वटा जिल्लामा रहेका ४५ वटा बिद्यालयहरुमा अध्ययनरत छात्र–छात्राहरु १६ सय २० जनालाई तालिम दिइएको हो ।

दुई चरणमा सञ्चालन हुने तालिम अन्तरगत पहिलो चरणमा संस्थागत तालिम र दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प सञ्चालन हुनेछ ।

आर्थिक वर्ष २०८१/८२ मा देशभरका ७७ जिल्लामध्ये ७५ वटा जिल्लामा रहेका २१४ वटा बिद्यालयहरुमा अध्ययनरत ७ हजार ७ सय ४ जना छात्र छात्राहरुलाई तालिम (जुनियर तथा सिनियर डिभिजन) गराउने योजना अनुरुप २०८१ आषाढ १४ गतेबाट १६९ वटा बिद्यालयमा अध्ययनरत ६ हजार ८४ जना छात्र छात्राहरु समावेश गरी जुनियर डिभिजन तालिम सञ्चालन भइरहेको छ ।

तालिमहरुमा सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, अनुशासन लगायत विविध विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिन्छ ।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ७४ हजार ४ सय ८० जनालाई सिनियर तथा जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम प्रदान गरी सकेको जनाएको छ ।