१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 2.57

Humidity: 31

Latest
धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने महासंघका अध्यक्ष ढकालको धारणा ‘विद्यालय नगएका बालबालिको हितमा आवाज उठाऔँ’ पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी राजमार्ग १० घण्टापछि सञ्चालन शिक्षकका आन्दोलनलाई सम्बोधन गर्न सरकारले ढिलाइ गर्न नहुने तीनकुने घटनामा मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउने श्रममन्त्री भण्डारीद्वारा युएईमा नेपाली श्रमिकको दीर्घकालीन हितका विषयमा प्रस्ताव पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख समक्ष दुई संसदीय समितिका सभापतिको शपथ



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को संयुक्त समितिका नवनिर्वाचित दुई जना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सिंहदरबारमा आज आयोजित कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समितिका सभापति ईश्वरीदेवी न्यौपानेले शपथ लिनुभयो ।

समिति सभापतिमा निर्वाचित भइसकेपछि कार्यभार सम्हाल्नुअघि सभामुखसँग शपथ लिनुपर्ने प्रावधान छ । शपथपछि सभामुख घिमिरेले नवनिर्वाचित सभापतिलाई बधाई तथा कार्यकाल सफलताको कामना व्यक्त गर्नुभयो । न्यौपाने नेपाली कांग्रेस र गैरे नेकपा (एमाले) सँग आबद्ध हुनुहुन्छ ।

शपथपछि सञ्चारकर्मीसँगको कुराकानीमा उहाँहरूले समितिको कार्यक्षेत्रभित्र रहेर उद्देश्य प्राप्तिमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे, नेपाली कांग्रेस र नेकपा (एमाले)का प्रमुख सचेतक र मुख्य सचेतकलगायत उपस्थित हुनुहुन्थ्यो ।