४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमातले मेरो बिरोध गरे: कुलमान घिसिङ



file photo
अ+ अ-

काठमाडौँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल लोडसेडिङ हुँदा खुशी हुने जमातले आफ्नो बिरोध गरेको गुनासो गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बाल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमात धेरै रहेको बताउनु भयो । उहाँले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुशी हुने जमात पछिल्लो समय बिरोध गर्दै गलत सूचना फैलाइरहेको बताउनु भयो । उहाँले केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसावकितावप्रति आशंका व्यक्त गरेको बताउनु भयो । उहाँले महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाव पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने बताउनु भयो । उहाँले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राख्नुभयो ।

उहाँले प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्यांकका आधारमा नभएको दाबी गर्नुभयो । उहाँले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत महशुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद् भएको उल्लेख गर्नुभयो । उहाँले २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको प्राधिकरणले आम्दानीमा क्रान्ति गरेको दाबी गर्नुभयो । उहाँले विद्युत महशुल बढाएर नभइ घटाएर नाफामा गएको पनि बताउनु भयो । उहाँले सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट दिएको तर अर्थ मन्त्रालयले त्यसको सोधभर्ना समेत नगरेको बताउनु भयो । उहाँले यो वर्ष २५ अर्बको विद्युत निर्यात गर्ने अवस्थामा पुगेको भन्दै नेपालले विद्युत आयात भन्दा विद्युत निर्यात बढी गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विद्युत प्राधिकरणको फाइनान्सियल स्वस्थ र स्टेटमेण्टहरु फेक हो । गलत हो भनेर जिम्मेवार पदाधिकारीहरुले भन्ने गरेका छन् । जिम्मेवार ठाउँहरुमा भन्ने गरिएको छ । नेपाल विद्युत प्राधिकरण सरकारको एउटा ठूलो संस्था हो । महालेखापरीक्षकले खटाएर तीन वडा अडिट संस्थाहरुले फाइनल गरेको हिसाव कसरी फेक हुनसक्छ । नेपाल विद्युत प्राधिकरण नाफामा जानु कसैलाई दु:ख लाग्छ । विद्युत प्राधिकरण घाटामा जाँदा खुशी लाग्छ । नेपालमा प्राधिकरणले लोडसेडिङ बढाउँदा खुशी लाग्ने जमात ठूलो छ ।’

‘त्यो जमातले यस्ता नचाहिने विषयहरुलाई पनि धेरै फैलाएको सुनेको छु । प्राधिकरणको जुन आर्थिक परिसूचकहरु छ । त्यो पारदर्शी छ । प्राधिकरणको आगामी दिन राम्रो छ । पछिल्लो ८ वर्षमा २५ प्रतिशत विद्युत महशुल घटाएका छौं । २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको सानो विषय होइन । विद्युत महशुल बढाएर होइन घटाएर नाफामा गएका छौं । सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट पनि दिएको छ । तर त्यो सरकारको अर्थमन्त्रालयले सोधभर्ना गरेको छैन । यो वर्ष २५ अर्बको विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौं । नेपालले विद्युत आयात भन्दा विद्युत निर्यात बढी गरेको छ ।’

उहाँले डेडिकेटड र ट्रक लाइनको विद्युत वक्यौता सरकारका सम्पूर्ण निकायहरुले उठाउन सहयोग गर्नुपर्ने बताउनु भयो ।