१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमातले मेरो बिरोध गरे: कुलमान घिसिङ

नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमातले मेरो बिरोध गरे: कुलमान घिसिङ
file photo
अ अ+ अ-

काठमाडौँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल लोडसेडिङ हुँदा खुशी हुने जमातले आफ्नो बिरोध गरेको गुनासो गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बाल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमात धेरै रहेको बताउनु भयो । उहाँले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुशी हुने जमात पछिल्लो समय बिरोध गर्दै गलत सूचना फैलाइरहेको बताउनु भयो । उहाँले केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसावकितावप्रति आशंका व्यक्त गरेको बताउनु भयो । उहाँले महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाव पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने बताउनु भयो । उहाँले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राख्नुभयो ।

उहाँले प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्यांकका आधारमा नभएको दाबी गर्नुभयो । उहाँले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत महशुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद् भएको उल्लेख गर्नुभयो । उहाँले २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको प्राधिकरणले आम्दानीमा क्रान्ति गरेको दाबी गर्नुभयो । उहाँले विद्युत महशुल बढाएर नभइ घटाएर नाफामा गएको पनि बताउनु भयो । उहाँले सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट दिएको तर अर्थ मन्त्रालयले त्यसको सोधभर्ना समेत नगरेको बताउनु भयो । उहाँले यो वर्ष २५ अर्बको विद्युत निर्यात गर्ने अवस्थामा पुगेको भन्दै नेपालले विद्युत आयात भन्दा विद्युत निर्यात बढी गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विद्युत प्राधिकरणको फाइनान्सियल स्वस्थ र स्टेटमेण्टहरु फेक हो । गलत हो भनेर जिम्मेवार पदाधिकारीहरुले भन्ने गरेका छन् । जिम्मेवार ठाउँहरुमा भन्ने गरिएको छ । नेपाल विद्युत प्राधिकरण सरकारको एउटा ठूलो संस्था हो । महालेखापरीक्षकले खटाएर तीन वडा अडिट संस्थाहरुले फाइनल गरेको हिसाव कसरी फेक हुनसक्छ । नेपाल विद्युत प्राधिकरण नाफामा जानु कसैलाई दु:ख लाग्छ । विद्युत प्राधिकरण घाटामा जाँदा खुशी लाग्छ । नेपालमा प्राधिकरणले लोडसेडिङ बढाउँदा खुशी लाग्ने जमात ठूलो छ ।’

‘त्यो जमातले यस्ता नचाहिने विषयहरुलाई पनि धेरै फैलाएको सुनेको छु । प्राधिकरणको जुन आर्थिक परिसूचकहरु छ । त्यो पारदर्शी छ । प्राधिकरणको आगामी दिन राम्रो छ । पछिल्लो ८ वर्षमा २५ प्रतिशत विद्युत महशुल घटाएका छौं । २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको सानो विषय होइन । विद्युत महशुल बढाएर होइन घटाएर नाफामा गएका छौं । सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट पनि दिएको छ । तर त्यो सरकारको अर्थमन्त्रालयले सोधभर्ना गरेको छैन । यो वर्ष २५ अर्बको विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौं । नेपालले विद्युत आयात भन्दा विद्युत निर्यात बढी गरेको छ ।’

उहाँले डेडिकेटड र ट्रक लाइनको विद्युत वक्यौता सरकारका सम्पूर्ण निकायहरुले उठाउन सहयोग गर्नुपर्ने बताउनु भयो ।