१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक



file-photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार विहान ११ बजे सर्वदलीय बैठक बोलाउने तयारी गरेको हुन् । 

प्रधानमन्त्रीका  प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।  

प्रधानमन्त्रीले गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि छलफलका लागि बोलाएका थिए ।  त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।