२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा भीरबाट लडेर १४ वर्षीया बालिकाको मृत्यु



अ+ अ-

काँक्रेविहार । जाजरकोटको छेडागाड नगरपालिका–१ जाल्माकी १४ वर्षीया मनिषा विकको भीरबाट लडेर मृत्यु भएको छ ।

बुधबार घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी विकको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जुनीचाँदै गाउँपालिका– ११ स्थित खानाखोला तर्दै गर्दा तीन दिन अघि चिप्लिएर खोलामा बेपत्ता भएका जुनीचाँदे गाउँपालिका–१० का २१ वर्षिय तेजबहादुर रोकायको खोजी भइरहेको र हालसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । रासस