२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते



अ+ अ-

काठमाडौं । सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर केशव कटवालले जानकारी दिए ।

मृत्यु हुनेहरुमा सिन्धुली गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गी रहेका छन् ।

बिहीबार बिहान चियाबारी नजिक बीपी राजमार्गमा गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।