२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीबी राईमाथि अनुसन्धान गर्न प्रहरीको टोलीलाई मलेसिया पठाउने तयारी



अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउने तयारी गरिएको छ ।

मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन नसकिएपछि नेपाल प्रहरीको टोली नै मलेसिया पठाउन लागिएको हो ।

यसको लागि नेपाल प्रहरीले दुई सदस्य प्रहरीको अनुसन्धान टोलीलाई मलेसिया पठाउन सहजीकरण गरिदिन गृह मन्त्रालयलाई पत्रचार गरेको छ ।

प्रहरी प्रधान कार्यालयले अनुसन्धान टोलीलाई मलेसिया पठाउन तीन महिनाअघि नै पहल गरेको थियो । तर, सरकार परिवर्तनले यो प्रकृया बीचमै रोकिएको नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले जानकारी दिए । ‘हामीले तीन महिनाअघि पत्राचार गरेका थियौँ । त्यो अहिले अगाडि बढेको हो’, उनले भने ।

राईविरुद्ध यसअघि नै इन्टर पोलबाट रेड नोटिस जारी भएपनि नेपाल सरकारले उनलाई फिर्ता ल्याउन सकेको छैन । उनी मलेसियामा व्यवस्थितरूपमा बसिरहेको नेपाल प्रहरीको निष्कर्ष छ ।

राई सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष हुन् । उक्त सहकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार रुपैयाँ हिनामिना गरेको भन्दै सहकारीका पदाधिकारी विरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

सहकारी ठगिबारे छानबिन गर्न सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय छानबिन समितिले पनि जीबीसहित १८ जनालाई नेपाल ल्याउनुपर्ने भन्दै गृहलाई पत्राचार गरेको थियो ।