२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध



अ+ अ-

भोजपुर । वर्षात्ले पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो ।

टेम्केमैयुङ ९ मा पर्ने यो स्थानमा ठूलो पहिरो झरेपछि स्थानीयको जनजीवन कष्टकर बनेको हो । यो सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ । सडक माथीबाट ठूलो पहिरो झरेपछि पैदल यात्रा गर्नसमेत जोखिम रहेको स्थानीयवासी एकराज विष्टले बताउनुभयो । “पहिरोले सडक बगाउँदा आवतजावतमा समस्या छ”उहाँले भन्नभयो,“निरन्तर पहिरो झरिरहेकोले पैदल हिड्नसमेत समस्या छ । सडक अवरोध हुँदा जनजीवन कष्टकर बनेको छ । अवरोध सडकलाई सञ्चालनमा ल्याउन राज्यले ध्यान दिन आवश्यक छ ।”

सडक अवरोध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ल्ला खोटाङका स्थानीयलाईसमेत समस्या रहेको टेम्केमैयुङ ९ पाँचधारेका स्थानीयबासी मानबहादुर सुनारले बताउनुभयो । “माथिल्लो भेगमा पहिरो झरेर बाढी आउँदा मुनीतिर रहेका अन्य सडक पनि अवरोध बन्ने गरेका छन्” उहाँले भन्नुभयो,“ पहिरोले सडक अवरोध बन्दा जनजीवन निकै कष्टकर बनेका अवस्था छ । अवरोध सडक सञ्चालनमा राज्यले चाडो पहल गरी दिए सहज हुन्थ्यो ।”

राउते खोलाको शिर घुर्विसे क्षेत्रमा पहिरो जादा तल्लो क्षेत्रका बस्तीसमेत जोखिम रहेको वडाध्यक्ष नभराज माङ्पाहाङले बताउनुभयो । राउते, लेर्खक काभ्रेलगायत गाउँका करिव २० घर परिवार जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङ्को भनाइ छ । माथिबाट आएको पहिरोले वर्षेनी तल्लो क्षेत्रमा रहेका सडक तथा अन्य संरचनामा क्षति पुग्ने गरेको उहाँको भनाइ छ । “पहिरोको कारण पाँचधारे–चखेवा सडक अवरोध बनेको छ”वडाध्यक्ष माङ्पाहाङले भन्नुभयो,“यो क्षेत्रमा वर्षेनी पहिरो जाँदा तल्लो क्षेत्रका बस्ती जोखिम गर्ने गरेका छन् । राउते खोलामा आउने बाढीको कारण तल्लो भेगमा ठूलो क्षति पुग्ने गरेको छ ।”

वर्षातका कारण राउते खोलाले बगाएको अर्को पाँचधारे–कोट– भोजपुर सदरमुकाम सडक भने श्रमदान गरेर तत्काललाई सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । यो सडक मर्मत गरेपनि वर्षात हुन साथ खोलाले बगाउँदा समस्या हुने गरेको छ । यो स्थानमा वर्षेनी सडक बगाउने गरेकोले यसको वैकल्पिक सडक आवश्यकता रहेको वडाध्यक्ष माङ्पाहाङ् बताउनुभयो । रासस