१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र विकास बोर्डको अध्यक्षमा करिश्मा मानन्धरसहित ६ जनाले दिए आवेदन



अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेत्री करिश्मा मानन्धरसहित ६ जनाले आवेदन दिएका छन् ।

आवेदनको अन्तिम म्याद बुधबारसम्म ६ जनाको आवेदन परेको चलचित्र विकास बोर्डका सदस्य सचिव तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजेशकुमार थापाले जानकारी दिए ।

अध्यक्ष पदका लागि अभिनेत्री मानन्धरसहित फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं पूर्वबोर्ड सदस्य अर्जुनकुमार डंगोलले आवेदन दिएका हुन् ।

आवेदन दिएकामध्ये तीन जनालाई सिफारिस समितिले छनोट गर्ने व्यवस्था छ । समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई अध्यक्षमा नियुक्त गर्छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन दिन भनेको थियो । अहिले बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी रहेका छन् ।