२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दलिय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले दुई दलिय व्यवस्था नेपाली जनताकालागि स्वीकार्य नहुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले दुई दलिय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताउनुभएको हो । उहाँले संविधान संशोधनमार्फत देशमा दुई दलिय व्यवस्था ल्याउन खोजिएको भन्दै दुई दलिय शासनको कुराले देशलाई नोक्शान पुर्‍याउने बताउनु भयो । दुई दलिय शासन व्यवस्था कसैले नसहने उहाँको भनाई छ । उहाँले बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने बताउनु भयो । उहाँले नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीले के कुरा ल्याउनुभयो भनेदेखि अहिले त हामीले संविधान संशोधन गर्न खोजिरहेका छौँ । क्या मिठा कुरा छ । अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलिय शासन ल्याउन खोजेको हो ? दुई दलिय शासन नेपालमा आउन सक्दैन । हामी आउन दिँदैनौँ । बहुदलिय व्यवस्था हामीले ल्याएका हौँ । बहुदलिय व्यवस्था यहाँ रहन्छ । बहुदलिय लोकतन्त्र, गणतन्त्रलाई, संघीय लोकतन्त्रलाई, हामी अझै समृद्ध बनाउन चाहन्छौँ । अनुभवको आधारमा त्रुटी, कमजोरीलाई सुधारेर । तर कति समय पछि ? के छलफलको विषय बनाउनु पर्दैनथ्यो ?बोलाउनु पर्दैनथ्यो ? मध्यरातमा कागजमा सही गर्नुपथ्र्यो ? यसबाट नियत के हो भन्ने कुरा बुझ्न सकिन्छ ।’

‘हाम्रो शेरबहादुर(शेरबहादुर देउवा) माननीय पनि धेरै सोझो हुनुहुन्छ । उहाँले त्यति बुझ्दै बुझ्नुहुन्न जस्तो पनि लाग्छ । बुझ्न त फेरि सिपालु हुनुहुन्छ । ख्याल गर्नुस्, दुई दलिय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउँछ । कोही सहनेवाला छैनन् । यसअर्थमा म सुनिरहेको छु ठुल्ठुलो प्रवचनहरु दुई दलिय प्रणाली नेपालमा स्थापित गर्नुपर्छ । अरु पार्टीको कुनै काम छैन । त्यसको कुनै भुमिका हुँदैन । महत्व छैन । यो सबै कसैलाई लागेको छ भने त्यो भ्रमबाट मुक्त हुनुस् । अहिले एउटा घण्टी बजेको छ(यो रास्वपाको भनेको होइन है) । बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको छ । कुनै किसिमको तानाशाही नेपालमा चल्न सक्दैन । टिक्न सक्दैन । प्रतिगमनको, अधिनायकवादको, दुई दलिय शासनको, दुई दलिय नाममा एक दलिय शासनमा जाने कुरा नेपाली जनतालाई स्वीकार्य छैन ।’

अध्यक्ष नेपालले नेपाललाई शान्ति प्रक्रियामा ल्याउन आफूले महत्वपूर्ण भुमिका खेलेको भन्दै त्यसको चर्चा समेत गर्नुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने नाममा प्रमुख तीन राजनीतिक दलहरुले मात्रै चोचोमोचो नमिलाउन आग्रह गर्नुभयो ।