८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको छः अध्यक्ष दाहाल

शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको छः अध्यक्ष दाहाल
photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिदैँ अध्यक्ष दाहालले यस्तो भन्नुभएको हो ।

उहाँले विधेयकलाई सदनले अनुमोदन गरेको भन्दै यो सहमतीसँगै शान्ति प्रक्रियाले पूर्णता पाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले विधेयक पारित भएपछि परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको महान यात्रामा अघि बढ्ने अझ फराकिलो बाटो प्राप्त गर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाको आरम्भकर्ता माओवादी भएको उल्लेख गर्दै नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना भएको बताउनु भयो ।

अध्यक्ष दाहालले आफूले सेना समायोजन र हतियार व्यवस्थापन गरेबापत पार्टी नै विभाजन भएको भएपति देशमा शान्ति स्थापन भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक आज सदनले अनुमोदन गरेको छ । यो सहमतीसँगै शान्ति प्रक्रियाले पूर्णता पाउनेछ भन्ने विश्वास व्यक्त गर्न सकिन्छ र हजारौँ सहिदहरुको सपना पूरा हुने विश्वास पनि पैदा भएको छ ।

शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको छ । र अब हामीलाई परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको महान यात्रामा अघि बढ्ने अझ फराकिलो बाटो हामीले प्राप्त गरेका छौँ । २०६१ माघमा सेनाको सहयोगमा ज्ञानेन्द्रले मुलधारका दलहरुलाई समेत प्रतिवन्ध लगाएपछि मात्र ७ दलिय गठबन्धन माओवादी पार्टीसँग सहकार्य गर्न तयार हुने वातावरण बनेको ऐतिहासिक तथ्य हामी सबैलाई थाहा छ ।

यसअर्थमा माओवादी पार्टी नै नेपालको शान्ति प्रक्रियाको प्रारम्भिक आरम्भकर्ता हो भन्न दुविधा मान्नुपर्ने कहीँ ठाउँ छ भन्ने मलाई लाग्दैन । विश्वका कतिपय युद्धहरु कि त हारमा कित सम्पूर्ण रुपमा जितमा । विश्वकै अनुपम शान्ति प्रक्रियाको रुपमा रहेको छ । सेना समायोजन र हतियार व्यवस्थापनको कुरा जोखिमपूर्ण थियो ।

मैले सेना समायोजन गरे वापत्, मैले हतियार व्यवस्थापनको नेतृत्व गरेवापत् मेरो पार्टी विभाजित भयो । त्यसले निकै ठुलो जटिलता पार्टीले बेहोर्नुपर्यो । देश बच्यो । शान्ति स्थापित भयो । मलाई गर्व छ । शान्ति सम्झौताको जगमा आज नेपाल लैङ्गिक तथा सामाजिक समावेशिकरणको संवैधानिक व्यवस्थाका हिसाबले विश्वको सबभन्दा प्रगतिशिल व्यवस्थाको रुपमा स्थापित भएको छ ।’

अध्यक्ष दाहालले माओवादी जनयुद्धलाई कतिपय नेताहरुले हिंसात्मक द्वन्द्व भन्ने गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले जनयुद्ध शब्दलाई संविधान सभाले समेत स्वीकार गरेको भन्दै यसबाट पछाडी नफर्किन आग्रह गर्नुभयो । उहाँले संविधान संशोधनको नाममा सिमित वर्ग, सिमित क्षेत्र, भुगोल या समूहको स्वार्थमा शासन प्रणाली सञ्चालन गर्न लागिएको आशंका भएको बताउनु भयो ।

उहाँले सुशासनको गति रोकिनेमा प्रश्न उब्जिएको बताउनु भयो । त्यस्तै बहुदलिय प्रतिष्पर्धाको ठाउँमा दुई दलिय बनाउने कोशिस हुनेमा पनि प्रश्न उब्जिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘अहिले पनि नेताहरु बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जालाजस्तो गर्नुहुन्छ । जबकी संविधान सभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ । यदि जनयुद्ध विशुद्ध ध्वसांत्मक मात्रै हुन्थ्यो । गैर वैचारिक र गैर राजनीतिक हुन्थ्यो भने संसारमै मोडेल शान्ति प्रक्रिया भनेर आज हामीले जे भनिराखेका छौँ, गर्व गरिराखेका छौँ । त्यो सम्भव हुने थिएन । त्यसैले अहिलेको आवश्यकता हामी पछाडी फर्किने होइन ।

संविधान संशोधनको नाममा या राजनीतिक स्थिरताका नाममा फेरि केही सिमित वर्ग, केही सिमित क्षेत्र, भुगोल या समूहको स्वार्थमा शासन प्रणाली सञ्चालन गर्ने होइन । अहिलेको आवश्यकता यि उपलब्धिहरुलाई रक्षा गर्दै नेपाली समाजका सबै विभेद अन्त्य गर्दै अघि बढ्ने हो । तर कताकता पछिल्ला कतिपय राजनीतिक घटनाक्रमले यसमा शंका उत्पन्न हुने स्थिति बनेको छ । सुशासनको गति रोकिने त होइन भन्ने प्रश्न खडा भएको छ । बहुदलिय प्रतिष्पर्धाको ठाउँमा कहीँ दुई दलिय बनाउने कोशिस हुने त होइन भन्ने प्रश्न खडा भएको छ ।’

अध्यक्ष दाहालले शान्ति प्रक्रियाको सुरुवात्मा आफ्नो साझेदारको रुपमा रहेको भन्दै नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोईराला र तत्कालिन सात दलको समेत स्मरण गर्नुभयो । उहाँले अझै पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै कार्यान्वयन गर्न पनि सबै दलहरु एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।