२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्छ: वामदेव गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रर्वद्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालाहरुसँगको छलफलका क्रममा सांसद गौतमले संविधानले नै दलित भनेको भन्दै संशोधनमार्फत हटाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कसैले पनि भेदभाव गरे उनीहरुमाथि कारबाही हुनुपर्ने बताउनु भयो । उहाँले दाचार नीति विद्यालय, गैरसकारकारी संस्था, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका लागि पनि जारी गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल र नेपाली जनतालाई साँच्चिकै माथि उठाउन र सांस्कृतिक रुपले उन्नत, सभ्य बनाउन चाहेको भए परिवारका लागि पनि सदाचार नीति जारी गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले नै दलित भनेर भनेको छ । मेरो मान्यता दलित भन्न हुन्नथ्यो । संशोधन गरेर हटाइदिनुपर्छ । कसैले पनि भेदभाव गरे भने उनीहरुमाथि कारबाही हुनुपर्छ । कसैले पनि त्यस्तो किसिमको व्यवहार गरे भने दलित सम्बन्धी आज भन्दा अघि जे गर्दथे । त्यस्तो गरे भने जसले गरेको छ, उसमाथि कारबाही हुनुपर्छ । यस्तो सबै किटान गर्नुपर्छ र सदाचार नीति, स्कुल, गैरसकारकारी संस्था, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा, के हो सदाचार नीति त्यो जारी गर्नुपर्छ । सँगै परिवारको निम्ति पनि जारी गर्नुपर्छ । यदी हामीले नेपाल र नेपाली जनतालाई नै माथि उठाउन चाहेको हो, सांस्कृतिक रुपले उन्नत, सभ्य बनाउन चाहेको हो भने परिवारलाई पनि जारी गर्नुपर्छ । हरेक परिवारले परिवारभित्र गर्न नहुने र गर्नपर्ने के हो त्यो नीति पनि जारी गर्नुपर्छ र त्यसो नगरे तदनुरुपको कारबाही हुनुपर्छ । यि सबै विषय सँगै लैजानुपर्छ ।’

सांसद गौतमले सदाचार नीतिअनुसार नचल्नेलाई कारबाही गर्नुपर्ने बताउनु भयो ।