४ आश्विन २०८१, शुक्रबार
,
Latest
सुरु भयो पदयात्राको याम संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमनत्री ओली अमेरिका प्रस्थान ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनमा देवघाट मेलामा एक लाख भक्तजनले गरे स्नान



अ+ अ-

तनहुँ । प्रसिद्ध धार्मिकस्थल देवघाटमा यस वर्षको साउन महिनामा एक लाख ३० हजार भक्तजनले स्नान गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या घटेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

अन्तिम सोमबारको उपस्थितिले भक्तजनको आवागमनमा वृद्वि गराएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य सोमबारको तुलनामा अन्तिम सोमबार एकै दिन करिब ५० हजारको हाराहारीमा भक्तजनको आवागमन भएको थियो ।

हिन्दु धर्मप्रति आस्था राख्ने भक्तजनले साउनको महिनामा देवघाट आएर स्नान गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । शालिग्राम पाइने नदी भनेर देवघाटधामलाई चिनिन्छ । मुस्ताङबाट आएको काली र गोसाइँकुण्डबाट आएको त्रिशूली नदीको सङ्गमस्थल भएकाले देवघाटधामलाई धार्मिक गन्तव्यका रुपमा लिने गरिन्छ ।

नदीको बहाव र मौसमलाई दृष्टिगत गर्दै नदी किनारमा नजान सतर्कता अपनाएका कारण यस वर्ष भक्तजनको उपस्थितिमा कमी आएको हुनसक्ने अनुमान समितिको रहेको छ । तुलनात्मक रुपमा पाँच सोमबार परेको वर्ष भक्तजनको सङ्ख्या बढी हुने गरे पनि यस वर्ष चार मात्रै सोमबार परेकाले धार्मिक आस्थाप्रति बढी विश्वास गर्नेहरु कम आएको हुनसक्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार चितवनसहित गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, धादिङ, बागलुङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, मकवानपुर, भारतलगायत स्थानबाट भक्तजन स्नानका लागि आएका थिए । “हरेक वर्ष मेलामा आउने भक्तजनको गुनासोलाई समितिले सम्बोधन गर्ने प्रयास गर्दै आएको छ”, बरालले भन्नुभयो, “सुरक्षामा बढी ध्यान दिनुपर्ने हुँदा सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गरिएको थियो ।”