१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलमा सरकारको राहदानी घुम्ती सेवा, ३८२९ जनाले गरे नवीकरण



अ+ अ-

काठमाडौं । राहदानी विभाग र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ ।

यही अगष्ट २ देखि १३ सम्म सञ्चालित घुम्ती सेवाबाट पोर्चुगलमा रहेका ३ हजार ८ सय २९ जना नेपालीले आफ्नो राहदानी नवीकरण गरेका छन् । जसमा १२१ जना नाबालक, ३३८८ नवीकरण र हराएका ३२८ जना रहेको नैपाली राजदूतावास पेरिसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राहदानी सेवा सञ्चालनबाट ४ लाख ९१ हजार ५८० युरो अर्थात् ७ करोड २० लाख ११ हजार ५५४ नेपाली रुपैयाँबराबर राजस्व संकलन भएको छ ।

घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी भएका थिए ।

पोर्चुगलमा हाल ५० हजारभन्दा धेरै नेपाली बस्दै आएका छन् ।