२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडिबीबाट प्राप्त झन्डै १६ अर्ब ऋण र अनुदान स्विकार्ने सरकारको निर्णय, यस्ता छन् अरु निर्णयहरु



अ+ अ-

काठमाडौँ । सरकारले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाको लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण र अनुदान लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।

बैठकले एडिबीबाट प्राप्त हुने १४ अर्ब ६३ करोड रुपैयाा बराबरको सहुलियतपूर्ण ऋण र १ अर्ब ९९ करोड अनुदान लिने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त गरेको छ । त्यसैगरी, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ ।

बैठकले भुटानमा साउन २९ देखि ३२ सम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेन्ट बडिज अफ साउथ एसियाको १२ सम्मेलनमा भाग लिन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भ्रमण स्वीकृत गरेको छ ।