१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सर्वदलीय बैठक सुरु, सहभागी नेताहरुलाई एकजुट हुन प्रधानमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवान गरेको सर्वदलीय बैठकमा ओलीले सहभागी नेताहरुलाई एकजुट हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका हुन् ।  

संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता रहेको छ । प्रधानमन्त्री ओलीले यसअघि गएको वैशाख ३१ मा नेपाली भूमि मिचेर भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि  सर्वदलीय बोलाएका थिए ।