८ माघ २०८१, मंगलवार
January 21, 2025 Tuesday
Latest
सी र पुटिनबीच भिडियो वार्ता सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन… पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने सैफ अली खान ५ दिनपछि अस्पतालबाट डिस्चार्ज सरकार हाम्रो प्राथमिकता होइनः अध्यक्ष प्रचण्ड भैरहवा पुगे रवि लामिछाने, भोलि अदालतमा उपस्थित हुने– तस्बिरहरु सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन… प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट संविधानको व्यवस्थाअनुरुप ल्याएका अध्यादेश असंवैधानिक र असंसदीय हुँदैनः सांसद भट्टराई धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान गर्छौंः खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद मन्त्रालयका सचिवले अपमानजनक व्यवहार गरेको सांसद कुसारीको गुनासो



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूलाई अपमानजनक व्यवहार गरेको गुनासो गर्नुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुसारीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोजकबाटै आफूहरू अपमानित हुनुपरेको बताउनु भयो । उहाँले आगामी दिनमा कार्यक्रम गर्दा त्यस्तो नगर्न ध्यानाकर्षण समेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘हिजो अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हामी ४० वर्ष मुनिका युवालाई याक एण्ड यतिको कार्यक्रममा बोलाइयो । हामी गयौँ । त्यहाँ गइसकेपछि खेलकुद मन्त्रालय र युवा परिषद्को संयुक्त आयोजनामा भएको त्यो कार्यक्रममा सचिवज्युको नियतवश अपमानजनक व्यवहारले हामी दु:खित भएका छौँ । यस्तो व्यवहार अबदेखि कुनैपनि मन्त्रालयबाट नहोस् ।’

उहाँले मन्त्रालयका सचिवले नै नियतवश अपमानजनक व्यवहारले दु:खि तुल्याएको बताउनु भयो ।